कन्सल्टेन्सीको ठगी धन्दा, माल्टा लैजाने भन्दै ठग्ने कन्सल्टेन्सीमा प्रहरीको छापा

news-details

वैदेशिक रोजगारीका लागि लैजाने भन्दै ठगी गर्ने एक कन्सल्टेन्सीमा प्रहरीले छापा मारेको छ।

राजधानीको चावहिलको ग्रीन फिल्ड एजुकेशन कन्सल्टेन्सीमा सोमबार दिउँसो काठमाडौं प्रहरी परिसरको टोलीले छापा मारेको हो। कन्सल्टेन्सी सन्चालक नुवाकोटका सन्जीव तामाङ र चितवनका रुपबहादुर गुरुङ भने फरार भएका छन्।

उनीहरुले रोजगारीका लागि माल्टा लैजाने भन्दै सयौं युवाहरुलाई ठगी गरेको उजुरी परेपछि प्रहरीले सोमबार दिउँसो छापा मारेको हो। प्रहरीले कन्सल्टेन्सीबाट विभिन्न व्यक्तिका पासपोर्ट तथा अन्य कागजात नियन्त्रणमा लिएको छ। उनीहरुले करिब ८५ लाख भन्दा बढी ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *