ईपीएस कोरियन भाषा परीक्षा पास भएकाहरुको सीप परीक्षण भदौ ४ देखि १८ गतेसम्म हुने (सूचनासहित)

news-details

सन् २०२० का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीको सीप परीक्षण आगामी भदौ महिनामा हुने भएको छ ।

भाषा परीक्षामा उत्तिर्ण भएकाहरुको सीप परीक्षण भदौ ४ देखि १८ गतेसम्म हुने र यसका लागि असार २० देखि २९ गतेसम्म रजिस्ट्रेसन फाराम भर्न इपीएस कोरिया शाखाले सूचना प्रकाशित गरेको छ ।

इपीएस परीक्षा अन्तर्गत कृषि क्षेत्रका लागि ९० अंकको भाषा परीक्षा र ११० अंकको सीप परिक्षा हुनेछ भने उत्पादनमूलक क्षेत्रका लागि १०० अंकको भाषा परीक्षा र १०० अंकको सीप परीक्षा हुनेछ । सीप परीक्षणमा पास भएपछि मात्र रोजगारका लागि कोरिया जान योग्य हुने शाखाले जनाएको छ ।

गत जेठ २५ र २६ गते लिइएको उक्त परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएकामा १२ हजार ९ जना परीक्षार्थी उत्तिर्ण भएका थिए । जसमध्ये औद्योगिक क्षेत्रमा ९ हजार १ सय ३३ र कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ८ सय ७६ जना उत्तीर्ण भएका थिए ।

आगामी वर्ष सन् २०२० का लागि दक्षिण कोरियाले वर्ष उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार गरी कुल १० हजार ५० जनाका लागि कोटा छुट्याएको छ ।

हेर्नुहोस सूचना

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *