सन २०२० का लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

news-details

यसवर्ष लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित प्रकाशित भएको छ । गत जेठ २५ र २६ गते लिइएको कोरियन भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति सार्वजनिक गरेको हो । परीक्षाफल ईपीएसको बेवसाइटमा गएर हेर्न सकिने छ ।

सन २०२० का लागि लिइएको उक्त परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । जसमध्ये १२ हजार ९ जना परीक्षार्थी उत्तिर्ण भएका छन् । यीमध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा दक्षिण कोरियाले निर्धारण गरेको छ । जसमा उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार कोटा छुट्याइएको छ ।

पछिल्लो समय दक्षिण कोरियाको रोजगारी युवाहरुको आकर्षणका रुपमा रहेको छ । कोरियाले करिब १ दशकदेखि नेपालीलाई आफ्नो देश लैजाँदै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *