समयमै स्टार क्रुजमा जान नपाएका युवाको आक्रोष प्रहरीसम्म पुग्यो

news-details

सिंगापुर तथा हङकङमा पानी जहाजमा पठाउने भन्दै छनौट भएका ७० जना युवाहरु अझै उड्न नपाएकोमा आक्रोषित बनेका छन् ।

‘स्टार क्रुज’ हङकङमा जानका लागि दुई वर्ष अगाडि अन्तर्वार्ता दिएका ७० जना युवाहरुले अझै नउडाएको भन्दै आन्दोलित बनेका हुन् । उनीहरुले महानगरीय अपराध महाशाखा हनुमानढोकामा उजुरी दिएर छिटो नउडाएको र समय बर्बाद बनाएको भन्दै प्रहरीसँग सहयोग मागेका छन् ।

युवाहरुको उजुरी परेपछि प्रहरीले काठमाडौं ओभरसिजका प्रवन्ध निर्देशक प्रदिप पौडेललाई बिहीबार सोधपुछका लागि हनुमानढोका लगेको थियो । प्रहरीमा पौडेलले सबैलाई केही दिनमा उडाउने र जान नचाहनेहरुलाई क्षतिपूर्ती भरिदिने सहमति गरेपछि तत्कालै रिहा भएका छन् ।

काठमाडौं ओभरसिजको अहिलेसम्म कुनै उजुरी प्रहरी वा वैदेशिक रोजगारमा नपरेको भएता पनि केही एजेण्टले उक्त मेनपावरको नाम लिएपछि मेनपावरको अग्रसरतामा आन्दोलित युवाहरुको समस्या समाधान गरिएको छ ।

आकर्षक रोजगारीका रुपमा स्टार क्रुज मानिन्छ तर केही समयदेखि नेपाली कामदार त्यहाँ काम नगरी भाग्न थालेपछि उक्त कम्पनीले कामदार लिन ढिला गरिरहेको थियो । उक्त कम्पनीले अन्तर्वार्ता लिएर कामदार छनौट गरेर पनि नलिएपछि युवाहरुमा आक्रोष बढे हो ।

केही दिनमा नै स्टार क्रुजले कामदार लिने जानकारी पाएपछि निर्देशक प्रदिप पौडेलले सबै कामदारको जिम्मा लिएको छ । उनले जिम्मा लिएपछि युवाहरुको आक्रोस साम्य भएको छ ।

पीडित युवाहरुको एउटै आवाज थियो –‘छिटो विदेश पठाउ नत्र दुई बर्षदेखिको क्षतिपूर्ती देउ ।’ मेनपावरले सबै आक्रोसित युवाहरुलाई आफ्नो कार्यालयमा बोलाएर समस्याको समाधान निकालेको हो ।

७० जनाभन्दा बढि युवाहरुले मेनपावरभन्दा बाहिर ट्रेनिङका नाममा एजेण्टलाई लाखौ पैसा तिरेका छन् । द एपिरियन्स फार्मका नामबाट प्रविन पौडेलले अधिकांश युवाहरुलाई ठगि गरेको भए पनि काठमाडौं ओभरसिजले सबैको समस्या समाधान गरिदिने जिम्मा लिएको छ । मेनपावरभन्दा बाहिर पैसा तिरेका युवाहरुलाई प्रविनले फसाएको र उनी अहिले प्रहरी नियन्त्रणमा रहेका छन् ।

वैदेशिक रोजगारका नाममा मेनपावरभन्दा बाहिरका एजेण्टहरुले ठगि गरिरहेका छन् । स्टार क्रुजमा जान लागेका युवाहरुले पनि कन्सल्टेन्सीका नाममा पैसा बुझाएको भेटिएको छ । युवाहरु आफै सचेत हुने हो भने भोलिका दिनमा कुनै पनि प्रकारको ठगीमा परिनेछैन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *