असार १२ सम्म मलेसिया रोजगारी नखुलाए विभाग घेराउ गर्ने संघको चेतावनी

news-details

श्रम सहमति भएको लामो समय वित्दासमेत मलेसिया रोजगारी सुचारु नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीहरुले १ साताको समयसीमा दिएर सरकारलाई अल्टिमेटम दिएका छन ।

व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बुधबार एक विज्ञप्ती जारी गर्दै असार १२ गतेसम्म मलेसिया रोजगारी सुचारु नभए असार १३ बाट वैदेशिक रोजगार विभाग घेराउ गर्ने चेतावनी दिएको हो ।

श्रम सहमति भएको ८ महिना वित्दासमेत मलेसिया रोजगारी सुचारु नभएकोमा संघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताउदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई तत्काल यो रोजगारी खुलाउन आग्रह गरेको हो ।

‘यस अवधिमा पनि मलेसिया रोजगारी सुचारु नभए वैदेशिक रोजगार विभागको बुद्धनगरमा रहेको कार्यालयमा असार १३ बाट शान्तिपूर्ण विरोध तथा घेराउ कार्यक्रम गर्न बाध्य हुने र यसको पनि सुनुवाई नभए कडा आन्दोलनका कार्यक्रम गर्ने चेतावनीसहित संघले यसबाट उत्पन्न हुने समस्या र परिणामको जवाफदेही नेपाल सरकार र विभाग हुने विज्ञप्तीमा जनाएको छ ।

कामदारमाथि आर्थिक शोषण भएको भन्दै २०७५ जेठ २ गते बन्द भएको मलेसिया रोजगारी अझसम्म सुचारु हुन सकेको छैन । यसबीचमा दुई मुलुकबीचको आपसी छलफलपछि गत कात्तिक १२ गते श्रम सहमतिमा हस्ताक्षर पनि भैसक्यो तर सम्झौता भएको ८ महिना वित्दासमेत नयाँ प्रक्रियामार्फत नेपाली कामदार जान पाएका छैनन । जसका कारण मलेसिया जान तयार लाखौ नेपाली त समस्यामा परेका छन नै देशले अरबौं रुपैयाँ रेमिट्यान्स गुमाइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *