मेनपावर कम्पनीले अब एजेन्टमार्फत काम गर्न नपाउने, विभागले दियो यस्तो पत्र

news-details

वैदेशिक रोजगारीमा कामदार पठाउदा एजेन्टमार्फत काम नगर्न भन्दै वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीहरुमा प्रतिनिधी (एजेन्ट) राख्ने व्यवस्था खारेज गरेको छ ।

आज विहिबार एक विज्ञप्ती जारी गर्दै विभागले केही नेपाल ऐन संसोधन गर्न बनेको ऐन २०७५ सरकारबाट प्रमाणीकरण भई वैदेशिक रोजगार ऐन २०६४ संसोधन भएसँगै म्यानपावर कम्पनीहरुले एजेन्ट राख्न पाउने प्रावधान खारेज भएकाले अब उप्रान्त एजेन्टमार्फत काम नगर्न र यसो गरिएको पाइएमा कडा कारवाही गरिने बताएको छ ।

एजेन्टका कारण वैदेशिक रोजगारीमा ठगिका घटना बढेको भन्दै विभागका महानिर्देशक डा. भिष्मकुमार भुसालले यसअघि अनुमति लिएर नियुक्त गरिएका प्रतिनिधीहरु अब स्वत खारेज हुने र उनीहरुमार्फत काम नगराउन मेनपावर व्यवसायीहरुलाई सचेत गराएको जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *