शुक्रबारबाट मेनपावर व्यवसायीले एक हप्तासम्म कामदार विदेश नउडाउने, टिकट काटन गरे बन्द

news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आज शुक्रबारबाट १ हप्तासम्म कामदार विदेश नउडाउने व्यवसायी भेलाको निर्णय अनुसार टिकट नकाटन व्यवसायीहरुलाई सर्कुलेशन जारी गरेको छ । यो सर्कुलेशनसँगै व्यवसायीहरुले टिकट काटन बन्द गरेका छन ।

गत जेठ ३ गते बोलाइएको व्यवसायी भेलाले सरकारसमक्ष ५ वुदे माग राख्दै त्यसको सम्बोधन नभए जेठ १७ गतेबाट २३ गतेसम्म १ हप्ता कामदार उडाउन ठप्प जार्ने निर्णय गरेको थियो ।

संघका अध्यक्ष रोहन गुरुङले यस अवधिमा सरकारले आफुहरुको मागको वेवास्था गरेको भन्दै भिसा लागेका कुनै पनि कामदारको टिकट यस अवधिमा नकाटन व्यवसायीहरुलाई आग्रह गरे । ‘व्यवसायीहरुको मागप्रति सरकारले कुनै चासो नदिएपछि हामीले पहिलो चरणमा ७ दिन कामदार पठाउन ठप्प पार्ने निर्णय गरेका छौ, यदी यस अवधिमा पनि हाम्रा माग पुरा भएनन भने थप कडा संघर्षका कार्यक्रम घोषणा गर्ने छौ’ अध्यक्ष गुरुङले भने ।

व्यवसायी भेलाले धरौटीको ब्याज दिने ब्यवस्था गर्न, मर्जर हुने संस्थालाई सुविधा दिन, मलेसिया रोजगारीमा नयाँ कामदार पठाउने प्रक्रिया शुरु गर्न, मागपत्र प्रमाणिकरण सहज बनाउन तथा अनलाइनमा लैजान र छिमेकी देशको रिक्रुटिङ प्राक्टिस अनुसार सेवा शुल्क निर्धारण गर्न भन्दै ५ वुदे माग सरकार समक्ष राखेको थियो ।

यो पनि पढनुहोस्

सरकारले माग सम्वोधन नगरे जेठ १७ बाट विदेश कामदार नपठाउने व्यवसायीहरुको चेतावनी

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *