नेपाल वैदेशिक रोजगार व्यवसायी संघको शुक्रबार आयोजित व्यवसायी भेलाले सरकारसँग ५ वुँदे माग राख्दै आफ्ना मागको सम्बोधन नभए जेठ १७ गतेबाट विदेश कामदार पठाउन ठप्प पार्ने चेतावनी दिएको छ ।

भेलाले धरौटीको ब्याज दिने ब्यवस्था गर्न, मर्जर हुने संस्थालाई सुविधा दिन, मलेसिया रोजगारीमा नयाँ कामदार पठाउने प्रक्रिया शुरु गर्न, मागपत्र प्रमाणिकरण सहज बनाउन तथा अनलाइनमा लैजान र छिमेकी देशको रिक्रुटिङ प्राक्टिस अनुसार सेवा शुल्क निर्धारण गर्न भन्दै ५ वुदे माग सरकार समक्ष राखेको छ ।

सरकारले माग सम्वोधन नगरे जेठ १७ बाट विदेश कामदार नपठाउने व्यवसायीहरुको चेतावनी

व्यवसायीहरुको माग तत्काल सम्बोधन नगरिए जेठ १७ गतेबाट २३ गतेसम्म ७ दिन वैदेशिक रोजगारीमा कामदार पठाउन ठप्प पार्ने निर्णय भेलाले गरेको संघका अध्यक्ष रोहन गुरुङले बताए । ‘हामीले पहिलो चरणमा ७ दिन कामदार पठाउन ठप्प पार्ने निर्णय गरेका छौ, यदी यस अवधिमा पनि हाम्रा माग पुरा भएनन भने थप संघर्षका कार्यक्रम घोषणा गर्ने छौ’ अध्यक्ष गुरुङले भने ।

भेलामा बोल्दै व्यवसायी सुजित श्रेष्ठले मलेसिया रोजगारी सुचारु नहुदासम्म धरौटी नराख्न व्यवसायीहरुलाई आब्हान गरेका थिए भने अर्का व्यवसायी तथा प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष चित्रगुप्ता सावा लिम्बुले विवादास्पद अभिव्यक्ति राख्दै व्यवसायीहरुले नै धरौटी बढाउन छलफल चलाएको बताएका थिए ।

सरकारले माग सम्वोधन नगरे जेठ १७ बाट विदेश कामदार नपठाउने व्यवसायीहरुको चेतावनी

संघले आयोजना गरेको भेलामा वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष बलबहादुर तामाङ, वरिष्ठ व्यवसायी किरणकिशोर घिमिरे लगायतले वैदेशिक रोजगार व्यवसायमाथि चौतर्फि प्रहार भएकाले यस विरुद्ध लडन सम्पूर्ण व्यवसायीहरु एकवद्ध भएर जुटनुपर्नेमा जोड दिएका थिए ।

भेलामा अधिकांश व्यवसायीहरुले यस्तो विषम परिस्थितीमा पनि कुनै भूमिका खेल्न नसकेको भन्दै संघ कार्यसमितिको चर्को आलोचना भएको थियो ।

सरकारले माग सम्वोधन नगरे जेठ १७ बाट विदेश कामदार नपठाउने व्यवसायीहरुको चेतावनी