मलेसिया रोजगारी चाँडो सुचारु गर्नेमा जोड, मलेसियाका मन्त्री र राजदूत पाण्डेबीच भेट

news-details

मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरन र मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेबीच भेटवार्ता भएको छ ।

एक वर्षदेखि बन्द रहेको मलेसिया रोजगारी चाँडो सुचारु गर्न मन्त्री कुलाले चासो राखेका छन् । मन्त्री कुलासेगरन र राजदूत पाण्डेबीच बिहीवार पुत्राजयामा भएको भेटमा मलेसिया रोजगारी सुचारु गर्ने विषयमा नै केन्द्रीत थियो । नेपाली कामदार मलेसिया पठाउने विषयमा छिटो टुंग्याउन मन्त्रीले आग्रह गरेको राजदूत पाण्डेले रोजगार मञ्चलाई जानकारी दिए ।

राजदूत पाण्डेले नेपाली कामदार मलेसिया पठाउने विषयमा नेपाली पक्षबाट रोकावट नरहेको र छिटो सुचारु हुने जानकारी गराएको बताए । मलेसिया जाने कामदार माथि आर्थिक भार लगाएको भन्दै श्रम मन्त्रालयले गत वर्ष जेठ २ गते मलेसिया रोजगारी बन्द भएको थियो ।

मलेसिया रोजगारी एक्कासी बन्द गरेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई अझै इगोको रुपमा यो रोजगारी सुचारु गर्न नसकेकोमा आलोचना खेप्नु परिरहेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *