तेस्रो मुलुक लैजान लागिएका २३ नेपाली महिलाको भारतबाट गरियो उद्दार

news-details

भारतको बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको अवस्थामा २३ जना नेपाली महिलालाई भारतको मिजोरम प्रहरी र भारतको सामाजिक कल्याण केन्द्रको सहयोगमा उद्दार गरिएको छ ।

भारतको मिजोरमस्थित, मिजोरम प्रहरी र भारतको सामाजिक कल्याण केन्द्रको सहयोगमा काँकरभिट्टासम्म ल्याई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व र समन्वयमा विहीबार काँकरभिट्टास्थित माइती नेपालको सेन्टरमा मनोसामाजिक परामर्श र अनुसन्धानका लागि राखिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले जानकारी दिए ।

उद्दार गरिएका महिला २० देखि ४५ वर्ष उमेर समूहका रहेका छन् । उनीहरु झापा, मोरङ, सिन्धुपाल्चोक, काठमाडौँलगायत जिल्लाका रहेका छन् । मन्त्रालयका कर्मचारी नेतृत्वको टोली तथा मानव बेचबिखन र अनुसन्धान ब्यूरोले उक्त घटनाबारे अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *