युवाहरुलाई सीपमूलक तालिम प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन र वेरोजगारको अन्त्य गर्ने अभियानमा लागेको गुरु इन्स्च्यिुट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजिले देशैभर आफुलाई पुर्याउने प्रयत्न गरिरहेको छ ।
‘शिक्षा, सीप र रोजगारी’को नारासहित स्थापित गुरु इन्स्च्यिुट अफ इन्जिनियरिङले स्थापना कालदेखि नै युवा जनशक्तिलाई विभिन्न विषयका प्राविधिक तालिम दिदै आएको छ । संस्थाले हालसम्म प्राविधिक तालिम लिएका सम्पूर्ण युवाहरुलाई रोजगारी प्रदान गर्न सफल भएकोमा आगामी दिनमा यसलाई अझ बृहत बनाउदै लैजाने तयारी गरिरहेको जानकारी दिएको छ ।
देशमा अभाव रहेको प्राविधिक एवम् दक्ष जनशक्ति आवश्यकतालाई मध्यनजर गरि युवावर्गहरुलाई गुणस्तरीय तालिम प्रदान गर्नु संस्थाको मुख्य उद्देश्य रहेको जानकारी दिदै संस्थाले प्राविधिक सीपयुक्त युवा जनशक्ति उत्पादन गर्ने हेतुले नै विभिन्न विषयमा प्राविधिक कक्षाहरु सञ्चालन गर्दै आएको बतायो ।

संस्थाले रोजगारमूलक कार्यक्रम अन्तर्गत मोवाइल, ल्यापटप, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, सिसिटिभीलगायतका मर्मत तालिमका साथै हाडर्वेयर र सफटवेयर सम्वन्धी विभिन्न विषयमा रोजगारीको सुनिश्चिततासहित तालिम प्रदान गर्दै आइरहेको छ ।
गुरु इन्स्च्यिुट अफ इन्जिनियरिङले उच्च शिक्षा हासिल गर्नबाट बञ्चित युवाहरु तथा वैदेशिक रोजगारीका लागि बाहिर जाने युवाहरुका अलवा इन्जिनियरिङ अध्ययन समाप्त भएका विद्यार्थीहरुलाई थप प्रयोगात्मक तालिम प्रदान गर्दै आइरहेको जनाएको छ ।
हरेक विषयका दक्ष प्रशिक्षकद्धारा विल्कुलै नयाँ प्रविधिमा तालिम प्रदान गर्दै आएको यस संस्थाले विभिन्न ख्यातीप्राप्त कम्पनीहरुमा आफुकहाँ तालिम लिएका दक्ष जनशक्ति उपलब्ध गराउदै आएको छ भने स्वरोजगार बन्न चाहने तथा आफ्नै व्यवसाय सञ्चालन गर्न चाहनेलाई सहयोग पनि गर्दै आएको छ ।

उपत्यका बाहिरका विद्यार्थीहरुका लागि बिशेष सहुलियत दरमा तालिम दिइरहेको संस्थाले विद्यार्थीहरुको सहजताका लागि सहुलियत दरमा होस्टेल सुबिधाको पनि व्यवस्था गरेको जानकारी दिएको छ ।

अहिले गुरु इन्स्च्यिुट अफ इन्जिनियरिङले दक्ष जनशक्ति उत्पादन र आपूर्तिका अलवा देशका विभिन्न जिल्लामा कम्प्युटर, मोबाइल, ल्यापटपहरु रिपेरिङ्गका लागि २५ भन्दा बढी मर्मत सेन्टरहरु स्थापना गरी सेवाका अलवा स्थानीयस्तरमा रोजगारी समेत सिर्जना गरिरहेको छ ।
गुरु इन्स्च्यिुट अफ इन्जिनियरिङले आफ्नो वेभसाइट www.nepguru.com मा गएर वा ४४८२३५७ मा सम्पर्क गरेर विस्तृतमा यसबारे जानकारी लिन सकिने बताएको छ ।








