आज १ सय ३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस, विभिन्न कार्यक्रम गरी मुलुकभर मनाइँदै

आज देशभरि सार्वजनिक विदा
news-details

१ सय ३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ । मे १ तारिखको दिन विश्वका ८० भन्दा बढी राष्ट्रमा आधिकारिक रूपमा यो दिवस मनाइन्छ ।

सन् १८८६ मे ४ मा अमेरिकाको शिकागोमा भएको हेमार्केट काण्डको सम्झनामा यो दिवस मनाउन थालिएको हो । आठघण्टे कार्यावधि माग गर्दै आन्दोलन गरिरहेका श्रमिकमाथथि दमन गरिएको थियो ।

घटनामा दर्जनौ श्रमिकको ज्यान गएको थियो । नेपालमा सन् १९६३ देखि अन्तराष्ट्रिय श्रमिक दिवस मनाइदै आइएको छ । यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व मजदुर दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रुपमा बुलन्द गरी विश्वभरीका श्रमजीविलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यता, प्रधानमन्त्री केपीशर्मा ओलीले श्रमजीवीहरुको हक–अधिकार सुनिश्चित गर्दै श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयन भएको उल्लेख गर्नुभएको छ । शुभकामना सन्देश मार्फत् प्रधानमन्त्री ओलीले न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशतले वृद्धि गरी सकेको समेत जनाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले स्वदेशमै आत्मसम्मानपूर्ण श्रम वातावरण र जीवन धान्न पुग्ने रोजीरोटीको अवसर श्रृजना गर्दै लैजाने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ ।

आज देशभरि सार्वजनिक विदा

अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

सरकारले यसअघि नै गरिसकेको निर्णय अनुसार आज देशभर सार्वजनिक बिदा दिएको हो ।

बिदा घोषणा गरेसंगै आज देशभरिका शैक्षिक संस्था लगायत सबै सरकारी कार्यालय बन्द रहनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *