प्यारालाइसिसबाट थलिएका थापामगरलाई जनउद्धार केन्द्र मलेसिया र दूतावासले यसरी फर्काए स्वदेश

news-details

प्यारालाइसिसबाट थलिएर मलेसियाको होस्टलमै अलपत्र अवस्थामा रहन पुगेका महोत्तरीका बद्री थापामगरलाई जनउद्धार केन्द्र मलेसियाको पहलमा स्वदेश ल्याइपु¥याईएको छ । थापामगरलाई लिएर केन्द्रका अध्यक्ष केशु थापा मंगलबार बिहान त्रिभुवन विमानस्थल आइपुगेका हुन ।

वैदेशिक रोजगारीको शिलशिलामा ६ वर्ष अघि मलेसिया पुगेका महोत्तरीका बद्री थापामगर आफु कार्यरत जोहोरबारुस्थित क्यूबि टेक्नोलोजि कम्पनीमा गत सेप्टेम्बरमा एक्कासी बेहोस भएपछि अस्पताल पु¥याइएको थियो । अस्पतालमा उनको टाउकोको एकभाग अप्रेशन गरिए पनि थप उपचारका लागि आर्थिक अभाव भएपछि कम्पनीकै होस्टलमा केहि नेपालीहरुले उनको रेखदेख गर्दै आएका थिए ।

सुरुमा उपचार खर्च बेहोरे पनि दोश्रो पटकको अप्रेशन कम्पनीले नगरिदिएपछि रानामगर अलपत्र बन्न पुगेका थिए । कम्पनी बैंकक्राफ्ट भएका कारण बन्द भएपछि कम्पनीकै खाली होस्टलमा रानामगर बसेको जानकारी पाएर आफुहरु भेटन गएको जनउद्धार केन्द्रका अध्यक्ष थापाले बताए ।

उनले भने –‘हामीले भेटने बेलामा कम्पनीको होस्टलमा प्यारालाइसिसबाट थलिएका बद्री थापामगर र उहाँलाई रेखदेख गर्दै आएका एक जना आफन्त नेपाली मात्र थिए ।’ अहिले शरिरका अंगहरु राम्रोसँग चलाउन र बोल्न नसक्ने भएपनि आखाको इशाराले संकेत गर्ने भएकाले परिवारसँग रहेर थप उपचार पाए उनमा सुधार आउने आशा राखेको पनि थापाले बताए ।

रानामगरलाई स्वदेश फर्काउन मलेसियामा रहेको नेपाली दूतावासले ठुलो पहल र सहायता उपलब्ध गराएको बताउदै जनउद्धार केन्द्रका अध्यक्ष थापाले भने –‘दूतावासको सहयोग नभएको भए सायदै उहाँलाई स्वदेश फर्काउन हामीले पनि सक्दैनथ्यौ होला ।’ दूतावासले स्वदेश फर्काउने क्रममा पछिल्लो समय बस्न र उपचार सामाग्रीहरु उपलब्ध गराएको थापाले भने ।

मलेसिया गएदेखिनै घर नफर्किएका रानामगरको श्रम स्वीकृती नविकरण नहुदा पनि उनलाई फर्काउन र आवश्यक क्षतिपूर्तिको पहल गर्न नसकिएको थापाले बताए । ‘समयमै श्रम स्वीकृति नबिकरण नगराउँदा आपतविपतमा पाइने सुविधाबाट बञ्चित हुनुका साथै स्वदेश फर्कन पनि कति अफ्ठयारो पर्छ भन्ने यही घटनालाई हेर्दा पनि हुन्छ’ थापाले मलेसियामा रहेका सम्पूर्ण नेपालीलाई आग्रह गर्दै भने –‘कम्तीमा पनि दुई–दुई वर्षमा श्रम स्वीकृति नविकरण गर्न अल्छि नगर्नुहोला, अहिले त यो सुविधा दुतावासबाटै पाइने हुदा पनि कम्तीमा त्यसमा सजक बन्नुहोला ।’

विमानस्थलमा अशक्त भएर फर्किएका भाई लिन आइपुगेका बद्री थापामगरका काकाको छोरा दिपक पुलामीले यस्तो जटिल परिस्थितीमा पनि भाईलाई स्वदेश फर्काइदिएकोमा आफुहरु खुसी रहेको भन्दै जनउद्धार केन्द्र मलेसियालाई धन्यवाद दिए ।

‘भाईको परिवारमा आमा र अरु दुई दाजुभाई मात्र छन, अब उसलाई पहिला घर पु¥याएर सबैसँग भेट गराउँछौ त्यसपछि मात्र थप उपचारका लागि के गर्न सकिन्छ सल्लाह गर्छौ’ पुलामीले भने ‘आर्थिक अवस्था कम्जोर भएका कारण उसलाई थप उपचारका लागि सबैले सहयोग गरिदिनुहुन्छ भन्ने पनि आशा लिएका छौ ।’

जनउद्धार केन्द्र मलेसियाले नेपाली दूतावाससँगको सहकार्यमा यस अघि १ सय २० जना भन्दा बढी नेपालीहरुलाई मलेसियाको घरफिर्ति केन्द्रबाट स्वदेश फर्काइसकेकोमा यस्ता विरामीले थलिएका पनि झण्डै ७ जना फर्काएको केन्द्रका अध्यक्ष थापाले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *