वैदेशिक रोजगार बिभागको महानिर्देशकमा डा. भीष्मकुमार भुसाल नियुक्त

news-details

वैदेशिक रोजगार बिभागको महानिर्देशकमा डा भीष्मकुमार भुसाल नियुक्त भएका छन । नियुक्त लगत्तै भुसालले विभागमा पदबहालीसमेत गरिसकेका छन ।

यसअघिका महानिर्देशक दिलिपकुमार चापागाई बैशाख १५ मा अवकास हुने भएपछि विदामा बसेका कारण सरकारले भुषाललाई उक्त पदमा नियुक्त गरेको थियो । भुषालले मंगलवार नै विभागको कार्यालय बुद्धनगरमा महानिर्देशकको पदवहाली गरेका छन ।

महानिर्देशकमा पदबहाली गरेसँगै भुषालले विदेशमा रहेका नेपालीका हकहित, सुरक्षा तथा समस्या समाधानमा आफुले कुनै कसर बाँकी नराख्ने बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *