मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि १ सय २६ स्वास्थ्य संस्थाले दिए आवेदन

news-details

वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकृत हुन आज आइतबारसम्म १ सय २६ स्वास्थ्य संस्थाहरूले आवेदन दिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत चैत्र १८ गते एक सुचना प्रकाशित गर्दै मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गर्न मापदण्ड पुगेका स्वास्थ्य संस्थाहरुलाई सुचिकरणका लागि १५ दिनको समय दिएर आवेदन दिन भनेको थियो ।

यसअघि मलेसिया रोजगारीमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण ३७ वटा स्वास्थ्य संस्थाहरूले मात्रै गर्दै आएका थिए । तर मापदण्ड पूरा गरेका स्वास्थ्य संस्था, सरकारी अस्पताल तथा निजी स्वास्थ्य संस्थाहरूले पनि स्वास्थ्य परीक्षण गर्न पाउने व्यवस्था गर्दै श्रम मन्त्रालयले सुचिकरणका लागि आब्हान गरेको थियो ।

बैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न लागि हाल २ सय २६ संस्था सूचीकरणमा रहेका छन् । यस्तै मलेसियाको स्वास्थ्य परिक्षणमा नीजि तथा सरकारी अस्पतालहरुले पनि चासो दिदै यस अवधिसम्म वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सुचिकरणमा नभएका ३ दर्जनभन्दा बढी संस्थाहरुले मलेसियाका लागि सुचिकरण हुन आवेदन दिएको श्रम मन्त्रालयले जनाएको छ ।

आवेदन दिएका स्वास्थ्य संस्थाहरूबाट पनि मापदण्ड पूरा भएका स्वास्थ्य संस्थाहरूलाई छनोट गरी स्वास्थ्य परीक्षणका लागि सूचीकरण गरिने मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिएका छन ।

मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षणका लागि सूचिकृत हुन श्रम मन्त्रालयको आह्वान

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *