दिल्ली र मुम्बईमा कतार भिसा सेन्टर स्थापना, नेपालमा छिट्टै खुल्ने

news-details

भारतका प्रमुख दुई शहरमा कतार भिसा सेन्टर स्थापना भएको छ । कतार सरकारले भारतमा पहिलो कतार भिसा सेन्टर (क्युभीसी) भारतको राजधानी नयाँदिल्लीमा यही मार्च २७ मा शुरु गरेको छ । साथै, २९ मार्चमा मुम्बईमा पनि सेन्टरले सेवा शुरु गरेको छ ।

आन्तरिक मामिला मन्त्रालय अन्तरगत रहेको भिसा सपोर्ट सेन्टर कतारको कार्यकारी निर्देशक मेजर अब्दुल्लाह खलिफा अल मोहन्नदी सहित दुवै देशका अन्य विभिन्न प्रतिनिधिहरूको उपस्थितिमा भव्य रुपमा कतार भिजा सेन्टरको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

कतारले भारतका अन्य प्रमुख शहरहरु कलकत्ता, लखनउ, हैदराबाद, चेन्नइ र कोचीमा गरी पाँच थप भिजा सेन्टरहरू छिटै शुरु गर्न कतार भिसा सेन्टरका प्रतिनिधिले बताए । यो भन्दा पहिला कतार भिसा सेन्टर श्रीलंका, बङ्गलादेश र पाकिस्तानमा सफलतापूर्वक सञ्चालन भइरहेको छ ।

क्युभीसी स्थापना भएका देशहरूमा कतार भिजा सेन्टरले कामदार भिसा प्रक्रियालाई सहजीकरण र तीव्र बनाउनुका साथै कामदारहरूको फिंगर प्रिन्ट, बायोमेट्रिक (जैविक) विवरण अभिलेख, मेडिकल चेकअप र रोजगारी सम्झौतापत्रमा हस्ताक्षर जस्ता कामहरू सहजरुपमा आफ्नै (स्वदेश) देशबाटै गर्न पूर्णरुपमा सघाउने गरेको छ ।

 

यस्तै कतारले अब छिटै नेपालमा पनि कतार भिजा सेन्टर (क्युभीसी) शुरु गर्न लागेको छ । काठमाडौँ महाराजगन्जमा कतार भिसा सेन्टरको लागि कार्यालय समेत स्थापना भइसकेको छ । तर, नेपाल सरकारकै ढिलाइको कारण नेपालमा क्युभीसी सञ्चालनमा ढिलाइ भएकोमा केही दिन पहिला सरकारी टोलीको कतार भ्रमणको क्रममा सहमति भएपछि अब छिटै नेपालमा पनि क्युभीसी सुचारु हुने बताइएको छ । क्युभीसी सुचारु भएपछि रोजगारीको लागि कतार जान चाहने नेपाली कामदारहरुलाई एकदमै सहज हुने र नेपालको लागि फाइदाजनक रहेको दाबी सम्बन्धितको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *