मलेसिया जाने नेपाली कामदारहरुको स्वास्थ्य परिक्षणका लागि सूचिकृत हुन चाहने स्वास्थ्य संस्थाहरुलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आब्हान गरेको छ । आज एक सुचना प्रकाशित गर्दै मन्त्रालयले १५ दिन भित्र इच्छुक संस्थालाई सूचिकृत हुन भनेको हो ।

नेपाल र मलेसियाबीच गत कात्तिक १२ गते भएको श्रम सहमतिको मर्म अनुसार मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गर्ने स्वास्थ्य संस्था छनोटका लागि सूचना प्रकाशित गरेको मन्त्रालयले जनाएको छ ।

सूचिकृत भएकामध्येबाट मापदण्ड पुगेका स्वास्थ्य संस्थाहरु मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गर्न छनोट हुने श्रम मन्त्रालयले जनाएको छ । मलेसियाको स्वास्थ्य परिक्षणका लागि आवेदन दिन वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५ क बमोजिम सूचीकरण भइसकेको हुनुपर्ने र सूचीकरण नभएकाको हकमा मन्त्रालयले चैत्र १३ गते प्रकाशित गरेको स्वास्थ्य संस्था सूचीकरण सम्बन्धी सार्वजनिक सूचना अनुसार सूचीकरणका निम्ति निवेदन दिएको हुनुपर्ने छ ।

सूचिकृत हुनका लागि वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण गर्न अनुमतिप्राप्त स्वास्थ्य संस्थाहरुका अलवा मापदण्ड पुगेका सरकारी अस्पताल, मेडिकल कलेज, निजी अस्पताल, नर्सिङ होम र पोलिक्लिनिकलगायतका स्वास्थ्य संस्थाहरुलाई १५ दिन भित्र निवेदनपत्र मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन शाखामा दर्ता गराउन मन्त्रालयले भनेको हो ।

स्वास्थ्य परिक्षणका लागि मलेसिया सरकारले नेपाललाई मापदण्ड पनि पठाइसकेको छ । जसको आधारमा नै अहिले मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गर्ने संस्था छनोटका लागि आब्हान गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

हेर्नुहोस सूचना र मापदण्ड

मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षणका लागि सूचिकृत हुन श्रम मन्त्रालयको आह्वानमलेसिया जाने कामदारको स्वास्थ्य परिक्षणका लागि सूचिकृत हुन श्रम मन्त्रालयको आह्वानमलेसिया जाने कामदारको स्वास्थ्य परिक्षणका लागि सूचिकृत हुन श्रम मन्त्रालयको आह्वान