मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षणका लागि सूचिकृत हुन श्रम मन्त्रालयको आह्वान

यस्तो छ सूचिकृत हुन चाहिने योग्यता र मापदण्ड
news-details

मलेसिया जाने नेपाली कामदारहरुको स्वास्थ्य परिक्षणका लागि सूचिकृत हुन चाहने स्वास्थ्य संस्थाहरुलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आब्हान गरेको छ । आज एक सुचना प्रकाशित गर्दै मन्त्रालयले १५ दिन भित्र इच्छुक संस्थालाई सूचिकृत हुन भनेको हो ।

नेपाल र मलेसियाबीच गत कात्तिक १२ गते भएको श्रम सहमतिको मर्म अनुसार मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गर्ने स्वास्थ्य संस्था छनोटका लागि सूचना प्रकाशित गरेको मन्त्रालयले जनाएको छ ।

सूचिकृत भएकामध्येबाट मापदण्ड पुगेका स्वास्थ्य संस्थाहरु मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गर्न छनोट हुने श्रम मन्त्रालयले जनाएको छ । मलेसियाको स्वास्थ्य परिक्षणका लागि आवेदन दिन वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५ क बमोजिम सूचीकरण भइसकेको हुनुपर्ने र सूचीकरण नभएकाको हकमा मन्त्रालयले चैत्र १३ गते प्रकाशित गरेको स्वास्थ्य संस्था सूचीकरण सम्बन्धी सार्वजनिक सूचना अनुसार सूचीकरणका निम्ति निवेदन दिएको हुनुपर्ने छ ।

सूचिकृत हुनका लागि वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण गर्न अनुमतिप्राप्त स्वास्थ्य संस्थाहरुका अलवा मापदण्ड पुगेका सरकारी अस्पताल, मेडिकल कलेज, निजी अस्पताल, नर्सिङ होम र पोलिक्लिनिकलगायतका स्वास्थ्य संस्थाहरुलाई १५ दिन भित्र निवेदनपत्र मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन शाखामा दर्ता गराउन मन्त्रालयले भनेको हो ।

स्वास्थ्य परिक्षणका लागि मलेसिया सरकारले नेपाललाई मापदण्ड पनि पठाइसकेको छ । जसको आधारमा नै अहिले मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गर्ने संस्था छनोटका लागि आब्हान गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

हेर्नुहोस सूचना र मापदण्ड

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *