सन् २०१९ का लागि दक्षिण कोरियाले बढायो नेपाली कामदारको कोटा

भाषा परिक्षा जेठ अन्तिम साता हुदै
news-details

दक्षिण कोरियाले सन् २०१९ का लागि नेपाली कामदारको कोटामा भारि बृद्धि गरेको छ । इपिएस भाषा परिक्षामार्फत नेपाली कामदार लैजादै आएको कोरियाले सन् २०१९ का लागि अहिलेसम्मकै सबैभन्दा बढी १० हजार ५० जना नेपाली कामदारको कोटा निर्धारण गरेको हो ।

आफ्नो मुलुकमा काम गर्ने विदेशी कामदारहरुमध्ये नेपाली कामदार सबैभन्दा मेहनती र इमान्दार भएको भन्दै कोरियाले नेपालीको कोटा बढाएको जनाएको छ । दक्षिण कोरियाले इपिएसमार्फत नेपालसहित १६ मुलुकबाट कामदार भित्र्याउदै आएको छ ।

वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार सन् २०१९ का लागि उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार कोटा कोरियाले निर्धारण गरेको छ ।

सन् २००७ जुलाई २३ मा नेपाल र कोरियाबीच सम्झौता भएपछि इपिएस प्रणाली अन्तर्गत नेपाली कामदार कोरिया जान थालेका हुन । हाल कोरियामा ४० हजार भन्दा बढी नेपाली कामदार कार्यरत रहेको इपिएस कोरिया शाखाले जनाएको छ ।

भाषा परीक्षा जेठ अन्तिम साता

यसैबीच सन् २०१९ मा दक्षिण कोरिया जानका लागि लिइने इपिएस भाषा परीक्षा आगामी जुन ९ र १० अर्थात जेठ २६ र २७ गते हुने निर्धारण गरिएको इपिएस कोरिया शाखाले जानकारी दिएको छ ।

परीक्षामा सामेल हुन चैत ८ देखि १७ सम्म फारम भर्न सकिने र फारम अनलाइन तथा देशका विभिन्न स्थानहरुमा भर्ने व्यवस्था मिलाइने शाखाले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *