मेनपावर व्यवसायीको भेला – ‘सरकार ! सुरक्षा देउ, व्यवसायीका माग पुरा गर’

चन्दा नदिदा आक्रमण गरियो : अध्यक्ष गुरुङ
news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको बसुन्धरास्थित घरमा गराइएको बम विष्फोटमा मेनपावर व्यवसायीहरुले घोर भत्र्सना गर्दै सरकारसँग सुरक्षाको माग राखेका छन् । व्यवसायी संघले आइतबार आकस्मिक व्यवसायी भेला आयोजना गरेर घटनाको निन्दा गर्दै समग्र वैदेशिक रोजगार व्यवसायीहरु माथिको प्रहार भएको ठहर गरेको छ ।

विप्लब समूहको युवा संगठन नेपालले एक हस्तलिखित विज्ञप्ती निकाल्दै घटनाको जिम्मेवारी लिइसकेको छ । संघका अध्यक्ष गुरुङले विप्लब समूहको युवा संगठन नेपालको चार महिना अगाडि आफ्नो लेटरहेडमा आर्थिक साहयताका लागि संघको कार्यालयमा पत्र आएको तर व्यवसायीहरु आफैंमा संकटमा परेका कारण चाहेर पनि सहयोग गर्न नसकिने भनेर फर्काएको जानकारी दिए ।

उनले भने–‘उनीहरुको समूहसँग राम्रोसँग भद्र कुराकानी गरियो, व्यवसायी आफैमा संकटमा रहेकाले सहयोग गर्न नसक्ने बताएपछि केही दिनमा फोन गरेर पत्र फिर्ता लगे, तर जवरजस्ती यति पैसा चाहिन्छ भनेर डिमाण्ड थिएन, उल्टो व्यवसायीहरुको समस्या समाधानमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।’

उनले व्यवसायी भेलालाई संवोधन गर्दै भने–‘एकाएक जिम्मेवारी सहित सोही समूहले विज्ञप्ती निकाल्दा आफु घर विस्फोट भएको दिनभन्दा बढि स्तब्ध भएको छु ।’

 

यस्तो अराजक समूहलाई सरकारले समाप्त गर्न वा वार्ता गरेर समाधान गर्न जोडदार माग अध्यक्ष गुरुङले राखे । उनले उल्टो प्रश्न गर्दै भने–‘हामीले इजाजतपत्र लिएर कानूनी तवरबाट नेपाली कामदार पठाउँदा कसरी मानव तस्करी भयो ? हामीले पठाएको कामदारको जिम्मेवारी हामी लिन्छौ तर जतिसुकै गरेपनि १० हजारमा पठाउन चै सक्दैनौ ।’

सरकारले सहीढंगले नीतिनियम नबनाइदिदा व्यवसायी माथि विभिन्न आरोप लाग्ने गरेको औल्याउँदै अध्यक्ष गुरुङले भने–‘ यही मौकामा व्यवसायीहरुका मागलाई सरकार समक्ष पु¥याइ समाधान गर्नुपर्छ र यो व्यवसायलाई पारदर्शी बनाउनु पर्छ ।’

 

अहिले एकदुई जनालाई कारवाही गरेर मात्र हुँदैन यस्ता घटना फेरि घट्न नदिन व्यवसायी एकजुट हुन गुरुङले आग्रह गरे । अहिले संघको कार्यसमितिमा नै एकता नहुँदा व्यवसायीहरुमा एकता नभएको पनि उनले स्वीकार गरे ।

घटनाको भत्र्सना

भेलाले आक्रमण अध्यक्ष गुरुङप्रति मात्र लक्षित नभई समग्र वैदेशिक रोजगार व्यवसायीहरु माथिको प्रहार भएकाले विषम परिस्थितिमा बिचलित नभई सम्पूर्ण व्यवसायीलाई एकताबद्ध हुन आह्वान गरेको छ ।

संघका पूर्व अध्यक्ष तथा लोकतान्त्रिक फोरमका अध्यक्ष हंशराज वाग्लेले व्यवसायी संघको अध्यक्षकोमा विस्फोट हुँदा उद्योग वाणिज्य महासंघ, सरकार तथा सरोकारित निकायले चासो नदिनु दुर्भाग्य भएको बताए । उनले भने–‘पहिला झोलामा पैसा लिएर आउँथे अहिले बम लिएर मेनपावरमा आउन थाल्दा सजक रहनुपर्छ ।’

प्रगतिशिल वैदेशिक रोजगार मञ्चका अध्यक्ष चित्र गुप्तासाँवाले दोषीलाई यथासक्य छिटो पक्राउ गरी र सत्यतथ्य छानबिन गरि कानुनी कारबाहीको दायरामा ल्याउन माग राख्दै यो आक्रमण समग्र व्यवसायीको आक्रमण भएको बताए ।

संघका पूर्व अध्यक्ष विमल ढकालले यो सिंगो वैदेशिक रोजगार व्यवसाय माथिको आक्रमण रहेको भन्दै त्यसले व्यवसाय नै असुरक्षित बनाउने प्रयास भएको बताए । भेलामा व्यवसायी ज्ञानप्रसाद गैरे, सरोज पोखरेल, विष्णु गैरे, हरि पाण्डे, ओम विश्वकर्मा लगायतले आक्रमणको निन्दा गर्दै व्यवसायीको सुरक्षाका लागि व्यवसायी एकताका लागि जोड दिए ।

पोखरेलको संयोजकत्वमा बन्यो समिति

भेलाले अग्रज व्यवसायी दिलप्रसाद पोखरेलको संयोजकत्वमा एउटा छुट्टै समिति बनाउने निर्णय गरेको छ । सरकारी निकाय, प्रहरी प्रशासन तथा सरोकारित निकायमा आफ्ना माग राख्नका लागि समिति बनाउने निर्णय गरिएको हो । सबै राजनैतिक आस्थाका संस्था वा समूह समेट्ने गरि समिति बन्ने र एकताका साथ आफ्ना माग प्रस्तुत गरिने जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *