वैदेशिक रोजगारीमा माघ मसान्तसम्म कुन मेनपावरले कति कामदार पठाए (संख्यासहित)

सबैभन्दा बढी द रिभरले पठायो, १ सय भन्दा कम पठाउने ६८३ मेनपावर
news-details

यस आर्थिक वर्षको ७ महिनामा वैदेशिक रोजगारीमा सबैभन्दा बढी कामदार पठाउनेमा द रिभर ओभरसिज परेको छ । द रिभरले माघ मसान्तसम्म ३ हजार ४ सय ३४ जना कामदारलाई वैदेशिक रोजगारीमा पठाइसकेको छ । अघिल्लो आर्थिक वर्ष पनि सबैभन्दा बढी कामदार पठाउनेमा द रिभर नै पहिलो नम्मरमा परेको थियो ।

यस्तै दोश्रो स्थानमा रहेको एसओएस मेनपावरले २ हजार ४ सय ४०, तेस्रो स्थानमा रहेको प्याराडाइज इन्टरनेशनलले १ हजार ८ सय ९ जना, चौथो स्थानमा रहेको भिजन एण्ड भ्यालु ओभरसिजले १ हजार ४ सय १ जना र पाचौ स्थानमा रहेको सान नेपालले १ हजार ३ सय ५ जना कामदार वैदेशिक रोजगारीमा पठाएका छन् ।

गत जेठदेखि मलेसिया रोजगारी बन्द हुदा यसअघि सबैभन्दा बढी कामदार पठाउनेको सुचिमा टप १० मा पर्ने केहि मेनपावर कम्पनीहरु निकै तल खुम्चिएका छन् । धेरै मेनपावर कम्पनीहरुले मलेसिया कामदार पठाउदै आएकोमा मलेसिया रोजगारी बन्द हुदा र आएका कलिङ भिसाको पनि अन्तिम स्वीकृति नपाउदा उनीहरुले यो अवधिमा नगन्य मात्र कामदार पठाउन सकेका छन ।

यो अवधिका १ हजार ४ वटा मेनपावर कम्पनीहरुले वैदेशिक रोजगारीमा कामदार पठाएकोमा ६ सय ८३ वटा मेनपावरले १ सयभन्दा कम कामदार पठाएका छन् ।

हेर्नुहोस माघ मसान्तसम्म कुन मेनपावरले कति कामदार पठाए

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *