प्रधानमन्त्री रोजगार कार्यक्रमको भब्य शुभारम्भ तर कार्यान्वयनमा चुनौति

news-details

 

देशभित्रै रोजगारीको ग्यारेण्टीदेखि बेरोजगारलाई भत्ता दिने व्यवस्थासहितको प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको छ । बुधवार राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपाली जनताको स्तर वृद्धि, समृद्ध नेपाल सुखी नेपाली नारा साकार पार्न यो कार्यक्रम ल्याइएको बताए ।
काठमाडौं महानगरपालिकाको सहकार्यमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको शुभारम्भ कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडा, श्रम मन्त्री गोकर्ण विष्ट, प्रदेश नं ३ का मूख्यमन्त्री डोरमणी पौडेलले प्रधानमन्त्री रोजगार कार्यक्रम नयाँ आयाम भएको बताए ।

 

प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारी दिन नसके निर्वाह भत्ता दिने घोषणासमेत गरेको छ । पहिले रोजगार सेवा केन्द्रमा सूचीकृत हुनु पर्नेछ । अनि रोजगार सेवा केन्द्रबाट रोजगारी प्राप्त हुन नसकेमा त्यस्ता व्यक्तिले निर्वाह भत्ता प्राप्त गर्न सक्नेछन् ।

तर, यो कार्यक्रम कार्यान्वयनमा अनगिन्ति चुनौति रहेको जानकारहरु बताउँछन् । देशमा रोजगार गर्न नचाहने युवा जमातलाई थोरै पारिश्रमिकमा रोजगार दिन वा लिन सक्ने विषयमा नै शंका छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम आजबाट लागू हुँदै

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *