प्रदेश १ को विराटनगरबाट पनि श्रम स्वीकृति सुरु

सातै प्रदेशमा पुग्यो सेवा
news-details

सरकारले बुधबारदेखि प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति सेवा सुरु गरेको छ । यससँगै सातै प्रदेशबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारी सम्वन्धी सेवा पाइने भएको छ ।

विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट तत्कालका लागि पुनः श्रम स्वीकृतिलगायतका सेवा सुरु गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

प्रदेशमा रहेका श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनःश्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ ।

सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य ती कार्यालयबाटै सम्पादन हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गत पुस १५ गतेदेखि प्रदेश नम्बर २ को जनकपुर र प्रदेश नम्बर ५ को बुटवल, पुस २५ गतेदेखि गण्डकी प्रदेशको पोखरा, पुस २९ गतेदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेत र माघ ११ गतेदेखि सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रदान गर्न थालेको थियो । यससँगै अब श्रम स्वीकृतिका लागि काठमाडौ नै धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *