पारिश्रामिक पाउने भएपछि काममा फर्किए मलेसियामा हडतालमा उत्रिएका नेपाली

news-details

मलेसियाको एक कम्पनीमा गत सोमबारबाट हडतालमा उत्रिएका नेपालीसहितका कामदारहरु काममा फर्कन सहमत भएका छन् ।

मलेसियाको सेलंगरमा रहेको डब्लुआरपी एसिया प्यासिफिक ग्लोभ कम्पनीले ३ महिनादेखि तलब नदिएको भन्दै उक्त कम्पनीमा कार्यरत नेपालीसहित विभिन्न देशका श्रमिकले काम छाडेर हडताल सुरु गरेका थिए ।

हडताल लगत्तै समस्या समाधानका लागि उक्त कम्पनीमा पुगेको नेपाली दूतावासका प्रतिनिधीहरुसँगको वार्तामा हालसम्म बाकि रहेको पारिश्रामिक दिन कम्पनी राजी भएपछि कामदारहरु हडताल बन्द गर्न राजि भएका हुन ।

नेपाली दूतावास र मलेसियाको श्रम विभागका प्रतिनिधिको निगरानीमा कम्पनीले फेब्रुअरी २८ भित्र जनवरी महिनासम्मको न्यूनतम पारिश्रमिक र ओभरटाइमबापतको सबै पारिश्रमिक दिलाउने प्रतिबद्धता जनाएको छ भने सोमबार नै श्रमिकको खातामा नोभेम्बरसम्मको तलब हालिदिएको छ ।

बाकि पारिश्रामिक निर्धारित मितिमा दिने र त्यसपछि पनि श्रमिकले पाउने पारिश्रामिक, ओभरटाइम वापतको सुविधा नियमित दिने कम्पनीको लिखित प्रतिबद्धतापछि नेपाली दूतावासले कामदारलाई काममा फर्किन अनुरोध गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *