वैदेशिक रोजगारीमा रहेकालाई छिट्टै संचयकोषमा समेट्न कार्यदलको सुझाव

आगामी साउन १ बाटै लागू गर्न सकिने प्रतिवेदन
news-details

वैदेशिक रोजगारीमा रहेका तथा जाने नेपाली कामदारहरुलाई लामो अध्ययनपछि सरकारले सामाजिक सुरक्षा योजना अन्तर्गत संचयकोषमा समेट्ने भएको छ । यसका लागि अध्ययन गर्न गठित श्रम सचिव महेश दाहाल नेतृत्वको कार्यदलले विस्तृत विवरणसहितको प्रतिवेदन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई बुझाएको छ ।

दाहाल नेतृत्वको कार्यदलले नेपाली कार्यरत मुलुकहरुमध्ये कुनै एक मुलुकबाट यही २०७६ साउन १ गतेबाट पाइलट प्रोजेक्टका रुपमा यसलाई सुरु गर्न सकिने सुझाव दिएको छ । प्रतिवेदन बुझ्दै मन्त्री विष्टले आगामी साउनबाट वैदेशिक रोजगारीको क्षेत्रमा रहेका नेपालीहरुको रकम संचयकोषमा रकम जम्मा हुने व्यवस्था मिलाइने बताए ।

कार्यदलले यस योजनामा विदेशमा कार्यरत नेपाली, व्यापार–व्यवसायमा संलग्न नेपाली तथा गैरआवासीय नेपालीहरुलाई समेटने र वार्षिक न्यूनतम २४ हजारदेखि अधिकतम ३ लाखसम्म संचयकोषमा योगदानमा आधारित रकम जम्मा गर्न सकिने सुझाव दिएको छ ।

यसका लागि विदेश जानेहरुका लागि श्रम स्वीकृति दिदानै सुचिकृत गर्न सकिने र विदेशमा रहेकाहरुका लागि श्रम स्वीकृति नविकरण गर्दा सुचिकृत गर्न सकिने सुझाव दिदै कार्यदलले कर्मचारी संचयकोषले विभिन्न बैंक, वित्तिय संस्था तथा विप्रेषण कम्पनीहरुसँगको सहकार्यमा यसलाई थप सहज बनाउन सक्ने जनाएको छ ।

यस योजनामा वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नेपालीहरुलाई क्रमश समेटदै लैजाने तथा योगदानमा आधारित रकम सम्वन्धित रोजगारदाताबाटै जम्मा गर्ने व्यवस्थाका लागि आगामी दिनमा सरकारीस्तरबाटै सम्वन्धित मुलुकसँग छलफल गरिने मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका कामदारहरुको सामाजिक सुरक्षाका लागि गैरआवासीय नेपाली संघले विगतदेखि नै हजारे अभियानको बहस चलाउदै सरकारसँग यसका लागि पहल गरेको थियो । जस अनुरुप नै एनआरएनए र कर्मचारी संचयकोषबीच वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई कर्मचारी संचयकोषमा समेटने सम्झौता भएर यसको तयारी थालिएको थियो ।

‘ढिलै भएपनि वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुको सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आउन लागेकोमा अत्यन्तै खुसी लागेको छ’ गैरआवासीय नेपाली संघका सचिव तथा हजारे अभियानका अभियान्ता डि.वि क्षेत्रीले भने–‘यसको प्रभावकारी कार्यान्वयनका लागि गैरआवासीय नेपाली संघ सरकारलाई जहिले पनि सघाउन तयार छ ।’

संचयकोषका प्रशासक तुलसी गौतमले सरकारसँगको सहयोगमा छिट्टै सबै देशबाट संचकोषमा रकम जम्मा गर्न सक्ने जानकारी दिए ।

यसरी योगदानकर्ताको खातामा जम्मा भएको पैसा योगदानकर्ता ६० वर्ष पुगेपछि वा शारीरिक तथा मानसिक रुपमा अशक्त भएमा वा रोजगारीबाट फर्किएपछि वा नियमित तीन वर्षसम्म योगदान नगरेमा एकमुष्ट पाउने वा निवृत्तिभरणका रुपमा दिन सकिने कार्यदलको सिफारिस छ ।

कार्यदलले बुझाएको प्रतिवेदनको विशेषता यस्ता छन

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *