तलब नपाएपछि मलेसियाको एक कम्पनीमा नेपालीसहित विदेशी कामदारहरु हडतालमा (भिडियोसहित)

news-details

दुई महिनादेखि काम गरेको तलब नदिएपछि मलेसियाको एक कम्पनीमा कार्यरत नेपालीसहित विदेशी कामदारहरु हडतालमा उत्रिएका छन् ।

मलेसियाको सेलंगरमा रहेको डब्लु आर पी एसिया प्यासिफिक ग्लोभ कम्पनीले २ महिनादेखि तलब नदिएपछि उक्त कम्पनीमा कार्यरत नेपालीसहित विभिन्न देशका श्रमिकले काम छाडेर हडताल सुरु गरेका हुन ।

तीन महिनादेखि तलब दिन छाडेको उक्त कम्पनीले पटक–पटकको दबाबमा १ महिनाको तलब दिएपनि बाकि २ महिनाको तलब दिन आनाकानी गरेपछि बाध्य भएर हडतालमा उत्रनुपरेको पीडित कामदारहरुको भनाई छ ।

हातमा लगाउने ग्लोब उत्पादन गर्ने उक्त कम्पनी पछिल्लो समय नेपाली दूतावासले कालो सुचिमा राखेको कम्पनी हो ।

नेपाली कामदारहरु हडतालमा उत्रिएको खबर पाएलगत्तै श्रम सहचारीसहित नेपाली दूतावास क्वालालाम्पुर मलेसियाको टोली घटनास्थलतर्फ लागेको र उक्त समस्या वार्ताबाटै समाधान गर्ने पहल गरिने दुतावासले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *