सामाजिक सुरक्षा कार्यक्रममा सूचिकृत भएका रोजगारतादालाई प्रमाणपत्र

news-details

सरकारले गत मंसिर ११ गते घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रममा सूचिकृत भएका रोजगारदाता कम्पनीहरुलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रमाणपत्र वितरण गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सूचिकृत हुन आवेदन दिएकामध्ये २ सय ७५ वटा कम्पनीका रोजगारदातालाई प्रमाण पत्र वितरण गरे ।

सरकारले सामाजिक सुरक्षा कार्यक्रम योजना अन्तर्गत प्रदेश नं. ३ मा माघ दोश्रो हप्तासम्म सुचिकृत हुन रोजगारदाताहरुलाई आग्रह गरेको थियो । यस अवधिमा प्रदेश ३ बाट ६ सय २५ वटा कम्पनीले सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुन आवेदन दिएका थिए । तीमध्ये २ सय ७५ जना रोजगारदातालाई प्रमाण पत्र दिइएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री विष्टले सो कार्यक्रममा सूचिकृत हुने सबै रोजगारदाता कम्पनीप्रति आभार व्यक्त गरे । उनले सबै श्रमिकहरुको सुरक्षित र मर्यादित जीवनयापनका लागि सरकारले सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन सावधानीपूर्वक अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

सरकारले पहिलो चरणमा प्रतिष्ठानस्तरका रोजगारदाता कम्पनीहरुमा सामाजिक सुरक्षा योजनाको कार्यक्रम कार्यान्वयन गराउन खोजेपनि सुचिकृत हुन दिइएको समयसीमामा प्रदेश नं. ३ का प्रतिष्ठितसहित धेरै कम्पनीहरुले आवेदन दिएका छैनन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *