७ सय ५३ वटै स्थानीय तहमा रोजगार संयोजक राखिने

news-details

सरकारले ७ सय ५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्ने भएको छ । चैतबाट देशभर बेरोजगारीको सूचीकरण हुने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कार्यान्वन गर्नका लागि सवै स्थानीय तहमा संयोजक नियुक्त गर्न लागिएको हो ।

१० हजारभन्दा कम जनसंख्या भएका ४८ ओटा स्थानीय तहमा नायबसुब्बा सरह र त्योभन्दा बढि जनसंख्या भएका तहमा शाखा अधिकृत तहको कर्मचारी नियुक्तिका लागि मन्त्रिपरिषदको बैठकले स्वीकृति दिइसकेको जानकारी बिहीबार आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रकाश दाहालले दिए ।

फागुनभित्र प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक चयन गरिसक्ने र चैतबाट सूचीकरणको काम सुरु गर्ने मन्त्रालयले तयारी गरेको छ ।

१ वर्षे करार सेवाका लागि शुक्रबार गोरखापत्रमा सूचना प्रकाशन गर्ने र १५ दिनभित्र अनलाइनमार्फत फारम भर्न पाइने व्यवस्था हुनेछ । कार्यक्रम संयोजकका लागि न्यूनतम योग्यता प्रवीणता तह उत्र्तीण भएको र कम्प्यूटरमा दक्ष भएको हुनुपर्ने छ । साथै स्थानीयलाई विषेश प्राथमिकतामा राखिने बताइएको छ ।

कार्यक्रम संयोजकले स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्याङ्क सङ्कलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने, सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र वितरण गर्ने, स्थानीय तहभित्रका रोजगारीका अवसरको पहिचान गरी सोको सूचना प्रवाह गर्नेलगायतका कार्यहरु गर्नुपर्ने उल्लेख गरिएको छ ।

कार्यक्रम संयोजक नियुक्त गर्दा राजनैतिक भर्ती गर्ने खेल हुन सक्ने आशंका व्यक्त हुन थालेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *