वैदेशिक रोजगार विभागको काठमाडौ शाखाबाट ७ बिचौलिया पक्राउ

news-details

काठमाडौं– प्रहरीले काठमाडौंको कालिमाटीस्थित वैदेशिक रोजगार विभागको काठमाडौ शाखामा बिचौलिया गर्ने ७ जनालाई पक्राउ गरेको छ । सो विभागमा सेवाग्राहीहरुलाई ठगी गर्ने बिचौलियाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरुमा काभ्रे साँखु घर भई हाल कालिमाटी बस्ने २५ वर्षीय भरत तामाङ, काभ्रे मंगलटार घर भई हाल काठमाडौं न्यूरोड बस्ने ३७ वर्षीय दिपु शाह, भक्तपुर बोडेका ३६ वर्षीय मनुराज न्यौपाने, मोरङ पट्यारी घर भई हाल भक्तपुर बालकोट बस्ने २४ वर्षीय पुजन राई, काभ्रे कोशीपारी घर भई हाल काठमाडौं सानो भर्याङ बस्ने ३५ वर्षीय गणेश तामाङ, काठमाडौं बाफलका २० वर्षीय विकल शाही र काठमाडौं बाफलकै २६ वर्षीय राजेश तामाङ रहेको जानकारी गराएको हो ।

सेवाग्राहीमाथि ठगी गर्नेहरुलाई पक्राउ गरी कार्वाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी बसन्तकुमार लामाले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *