आप्रवासी कामदार लिन कतारले सरकारीस्तरबाटै ‘वाइजा’ कम्पनी खोल्यो

कामदार भर्तिसँगै तालिम पनि दिने
news-details

कतार सरकारले आफ्नो मुलुकलाई आवश्यक आप्रवासी कामदार लिन ‘वाइजा’ कम्पनी खोलेको छ । यो कम्पनीमार्फत कतारले विदेशी कामदार भर्ती गर्ने, तालिम प्रदान गर्ने र रोजगारदातालाई कामदार उपलब्ध गराउने भएको छ ।

कामदार आपूर्ति सम्वन्धी व्यवस्था एकै थलोबाट गर्नेगरी कतार सरकारले स्थापना गरेको वाइजा कम्पनीले विदेशी कामदार आपुर्तिसँगै तालिम दिने, कतारका विभिन्न रोजगारदातासम्म कामदार पु¥याउँने र पुनर्वास कार्यक्रम सञ्चालन गर्नेछ ।

यस कम्पनीले अन्य आप्रवासी कामदारसँगै दक्ष घरेलु कामदार पनि उपलब्ध गराउने बताएको छ । वाइजाले आफ्नो सेवालाई थप सहज बनाउनका लागि छिट्टै नै देशभित्र र बाहिर आफ्ना शाखा खोलेर सेवा आरम्भ गर्नेपनि जनाएको छ ।

वाइजाले तालिममार्फत कामदारलाई आधारभूत प्राविधिक ज्ञान, पेसागत सुरक्षा र आवश्यक सूचना दिने कम्पनिका कार्यकारी निर्देशक हुसेन अली अल हाबाबीले बताएका छन ।

कतारी उद्योग तथा व्यापार मन्त्री अली विन अहमिद अल कुवारीको निर्णयमा पुस १८ देखि सञ्चालनमा आएको यो कम्पनीको ५८ मिलियन रियाल पुँजी छ । कतारी नागरिकको मात्रै लगानी रहेको वाइजामा नियन्त्रण र व्यवस्थापन भने कतार सरकारको नै हुनेछ । यो कम्पनीले दर्ता भएको मितिदेखि ५० वर्षसम्म काम गर्नेछ ।

अहिले कतारमा यसरी आप्रवासी कामदार आपूर्ति गर्ने सयौका संख्यामा कम्पनीहरु रहेका छन । जसमा अधिकांश कतारी नागरिकसँगको साझेदारीमा कामदार आपूर्ति हुदै आएका मुलुकका व्यवसायीहरुद्धारा संचालित छ । कतारमा नेपाली व्यवसायीहरुको साझेदारी रहेका यस्ता सयौका संख्यामा कम्पनी रहेका छन ।

तर, कतारी नागरिकको मात्र स्वामित्व रहेको तथा सरकारको अधिनमा रहेको कम्पनी भने वाइजा मात्र बनेको छ । यो कम्पनीको स्थापना भएसँगै कामदार भर्ती गर्ने नीजि क्षेत्रका अन्य कम्पनीहरुले कतारमा आप्रवासी कामदारको भर्ती गर्न समन्वय गरेर अघि बढ्ने बताएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *