चालिसेको नेतृत्वमा मलेसिया रिटर्नी समाज

news-details

वैदेशिक रोजगारमा गई मलेसियाबाट फर्किएकाहरुको समूह मलेसिया रिटर्नी समाजको पहिलो राष्ट्रिय भेलाले पूर्णता पाएको छ । भेलाले सुनिल चालिसेको अध्यक्षतामा २१ सदस्यीय कार्य समितिको चयन गरेको छ ।

सजाजको मंगलबार राजधानीमा भएको भेलाले कार्यसमिति सर्वसम्मत चयन गर्दै भावी कार्यक्रमसमेत पारित गरेको छ । अध्यक्ष चालिसे एनआरएन मलेसियाका पूर्व महासचिव पनि हुन् । उनी केही बर्षदेखि स्वदेशमा नै उद्यमगरी बसिरहेका छन् ।

समाजको वरिष्ठ उपाध्यक्ष राजेश श्रेष्ठ, उपाध्यक्ष विनोद खड्का र कोपिला गौतम, महासचिव रामचन्द्र नेपाल, सचिव विष्णुहरि भण्डारी, कोषाध्यक्ष प्रकाश क्षेत्री सर्वसम्मत चयन भएका छन् ।

सदस्यहरुमा तोया न्यौपाने, वीरेन्द्रप्रसाद बाँस्कोटा, दामोदर गौतम, कृष्ण खड्का, विजय शर्मा, बसन्तराज गौतम, टीका ओली, सारा पौडेल, अन्जली तामाङ, फूलमाया थिङ्, सुकराम परियार, राजेश दास, रामप्रसाद देवकोटा र डिलबहादुर तामाङ रहेका छन् ।

 


समाजको भावी कार्यक्रम यस्ता छन्

-बैदेशिक रोजगारीका क्रममा मलेसियावाट फर्किएका नेपालीहरूलाई एकत्रित गरी सामुहिक प्रयासहरूको थालनी गर्न तथा फर्कि आएका नेपाली आप्रवासीहरूको संजालको विकास गर्न,

-विदेशमा सिकेको सीप र पूँजीलाई नेपालमा सदुपयोग गर्न र गराउन,

-विदेशवाट फर्किसकेपछि आआफनै किसिमले विभिन्न काम ब्यवसाय गरिरहनु भएकाहरूको अनुभव आदान प्रदान गराई सोबाट सिक्ने वातावरण तयार गरी नयाँ फर्किनुभएका साथीहरूलाई पुर्नएकीकरण गर्न सहजीकरण गर्न

-विदेशबाट फर्किआएकाहरू र उनीहरूका परिवारमा वित्तिय साक्षरताको अभिबृद्धि गर्न र कमाएको धनको सही सदुपयोग गरी राष्ट्र निर्माणमा योगदान गर्न,

-विदेशमा रहेका र विदेशबाट फर्कि आएकाहरू विच विभिन्न सामुहिक लगानीहरूको संभावनाहरूको खोजी गर्न,

-नेपाल सरकारले विदेशवाट फर्किएका नेपालीहरूलाई प्रदानगर्न थालेको सहुलियत दरको ऋण कसरी प्राप्तगर्ने र त्यसलाई कसरी प्रभावकारी वनाउन सकिन्छ भन्ने वारेमा सचेतना जगाउन तथा आवश्यक सुझाव पेश गर्न,

-वैदेशिक रोजगारीलाई ब्यवस्थित सुरक्षित र मर्यादित वनाउनको लागि संघ, प्रदेश र स्थानिय सरकारहरूलाई नीतिगत तथा कार्यक्रमगत सुझावहरू उपलब्ध गराउन,

-विदेशबाट फर्किआएकाहरूको अनुभव, ज्ञान, सिप र लगानीलाई देश विकासमा लगाउनका लागी रणनीतिक वहशमार्फत संघ, प्रदेश र स्थानिय तहका सरकारहरुलाइ सुझावहरु पेश गर्न

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *