मलेसिया रिटर्नी समाज नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न

विदेशमा सिकेको सीप, पूजि र अनुभव स्वदेशमा प्रयोग गर्नेमा जोड
news-details

‘कति धाउनु समुन्द« पारी, स्वदेशमै गरौं रोजगारी’ भन्ने नाराका साथ मलेसिया रिटर्नी समाजले काठमाडौंमा प्रथम राष्ट्रिय भेला सम्पन्न गरेको छ । वैदेशिक रोजगारीका लागि मलेसिया गई फर्केका यूवाहरुले स्वदेशमै उद्यमी बन्न र स्वरोजगार सृजना गर्नका लागि एकिकृत भएका हुन् ।

मलेसियामा लामो समय काम गरी फर्किएका करिब १५० जना नेपाली युवायुवतिहरु भेला भई औपचारिकरुपमा मलेसिया रिटर्नी समाजको मंगलबार राजधानीमा युवा परिषद नेपालका उपाध्यक्ष माधव ढुङ्गेलले प्रथम राष्ट्रिय भेलाको उद्घाटन गरे ।

भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष ढुङ्गेलले वैदेशिक रोजगारबाट फर्केकाहरुले संगठित भएर स्वदेशमै केही गर्न खोज्नु सकारात्मक भएको बताए । उनले यूवाहरु वैदेशिक रोजगारमा नभई स्वदेशमै उद्यमी बन्न आवश्यक रहेको अवस्थामा मलेसियाबाट फर्किएका यूवाहरु यसरी एकिकृत हुँदा देशलाई समेत फाइदा पुग्ने बताए । उनले काम गर्न चाहेर पनि वैदेशिक रोजगारबाट फर्केकाहरुलाई परियोजना प्रस्ताव लेख्न कुनै समस्या भएमा युवा परिषद त्यसमा सघाउन तयार रहेको बताए ।

वैदेशिक रोजगार प्रबद्र्धन बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले आफ्नो मातृभूमीमानै विदेशमा सिकेको सिप र पूँजी प्रयोग गरेर रोजगारी गर्न खोज्नु प्रशंसनिय भएको बताए । उनले भने– ‘सरकारको चाहना पनि वैदेशिक रोजगारमा नभई स्वदेशमै रोजगार गर्ने वातावरण बनाउनुरहेको छ ।’

कार्यकारी निर्देशक श्रेष्ठले विदेशबाट फर्किएका नेपालीलाई बोर्डमार्फत सहुलियत दरमा १० लाखसम्म ऋण दिने व्यवस्था मिलाइएको भन्दै यो ऋण अनुदान नभएको हुँदा यसलाई सक्दो सदुपयोग गरी बढी भन्दा बढी प्रतिफल आउने गरी काम गर्न अनुरोध गरे ।

मलेसिया रिटर्नी समाज नेपालको सो भेलामा एनआरएनए मलेसियाका महासचिव सुन्दर आले, बुद्धि भट्टराई, राजेश राई, कोपिला गौतम लगायतले बोलेका थिए । भेलामा विभिन्न प्रदेशका गरी झण्डै १ सय ५० जना सहभागी भएका थिए ।

रोजगारी पश्चात नेपाल फर्किएर व्यापार–व्यवसाय र विभिन्न पेशामा संलग्न तथा अलमलमा रहेका सवैलाई समेटेर अगाडी बढ्ने उद्देश्यले समाजको भेला आयोजना गरिएको बताउदै आयोजक तथा पत्रकार रामचन्द्र नेपालले मलेसियामा रहेर फर्किएका नेपालीहरु एकत्रित हुदै स्वदेशमा केहि गर्ने प्रयासको थालनी गर्न तथा आप्रवासीहरुको सञ्जाल विकासका लागि यो प्रयास गरिएको बताए ।

यस्तै भेला आयोजक राजेश श्रेष्ठले यो समूह गैर राजनैतिक भएको र मलेसियामा सिकेका सीप तथा कमाएको पुँजीलाई सामूहिक रुपमा लगानी गर्ने वातावरणका लागि अग्रसर भएर गठन गरिएको बताए ।

अर्का आयोजक सुनिल चालिसेले मलेसियामा सीप दक्षता हासिल गरेर फर्केकाहरुले नेपालमा आइसकेपछि सो अनुरुप रोजगारी पाउन समेत समस्या भइरहेको तथा सरकारी कार्यक्रमहरुमा संलग्न भएर काम थाल्न समस्या भोग्नुपरेको भन्दै त्यसमा सहजिकरणका लागि पनि मलेसियाबाट फर्केका नेपालीहरु संगठित भएको धारणा राखे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *