बायोमेट्रिकका नाममा ठगिको आरोप लागेको वेलकेयर अस्पताललाई अदालतले दियो सफाई

news-details

मलेसिया रोजगारीको क्रममा बायोमेट्रिक प्रणाली लागू गराई ठगि गरेको आरोप लागेको काठमाडौको वेलकेयर अस्पताललाई जिल्ला अदालत काठमाडौले सफाई दिएको छ ।

जिल्ला अदालत काठमाडौका न्यायाधिश मात्रिका आचार्यको इजलासले सोमबार फैसला सुनाउदै वेलकेयर अस्पताल र यसका संचालक कैलाश खडकामाथि लागेको ठगि आरोप माथि सफाई दिएको हो ।

गत जेठ पहिलो साता मलेसिया रोजगारीका नाममा सिण्डिकेट खडा गरेको र अवैध शुल्क उठाएको भन्दै विभिन्न ५ वटा संस्था खारेजिको निर्णयसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको निर्देशनमा यी संस्था र त्यसका संचालक माथि विगो दावीसहित मुद्धा दायर गरेको थियो ।

जस अन्तर्गत मन्त्रालयले बायोमेट्रिक प्रणाली लागू गराई ठगी गरेको भन्दै वेलकेयर अस्पताल र यसका संचालक नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्षसमेत रहेका कैलाश खडकालाई २ करोड २२ लाख विगो दावीसहित काठमाडौ जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो ।

यसअघि ललितपुर जिल्ला अदालतले भिएलएन नेपालमाथि परेको उजुरीमा सफाइ दिइसकेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *