बुटबल र जनकपुरबाट श्रम स्वीकृतिको काम सुरु

अन्य प्रदेशबाट पनि छिट्टै सेवा आरम्भ हुने
news-details

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिन काठमाडौनै आउनुपर्ने बाध्यताको अन्त्य गर्दै आज पुष १५ गते आइतबारबाट प्रदेश २ र प्रदेश ५ बाट श्रम स्वीकृतिसहित वैदेशिक रोजगारीका सबै सेवासुविधा सुरु भएको छ ।

जस अनुसार प्रदेश नं. २ को जनकपुर र प्रदेश नंं ५ को बुटवलमा रहेको श्रम तथा रोजगार कार्यालयबाट यो सुविधा आरम्भ भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले बताए । उनले मन्त्रालयले श्रम स्वीकृति लगायत वैदेशिक रोजगार सम्वन्धी सेवा सुविधालाई प्रदेश तहमै पु¥याउने घोषणा गरे अनुसार पहिलो चरणमा यी दुई प्रदेशबाट सेवा सुरु गरिएको जानकारी दिए ।

जनकपुर र वुटवल कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति सेवा प्रदान गर्ने, वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्थाहरु र तालिम एवं अभिमुखीकरण संस्थाहरुको अनुगमन र नियमन गर्ने, सरोकारवालाहरुबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासोहरु सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता कार्यहरु सुरू भएको प्रवक्ता रेग्मीले बताए ।

उनले तत्कालका लागि पुनः श्रम स्वीकृतिसहित केहि सेवा आरम्भ भएपनि केहि समय भित्रमै वैदेशिक रोजगार विभाग काठमाडौ शाखाबाट पाइने सम्पूर्ण सेवा प्रदेशस्थित श्रम कार्यालयबाटै पाउने बताए ।

अन्य प्रदेशका श्रम तथा रोजगार कार्यालयमा पनि श्रम स्वीकृति र वैदेशिक रोजगारसँग सम्बन्धित सेवा सुरु गर्ने काम अन्तिम चरणमा पु¥याइएको र छिट्टै ती कार्यालयबाट सेवा प्रवाह गरिने उनले बताए । प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउँबाट मात्र हुँदा सेवाग्राहीले निकै झन्झट व्यहोर्नु परिरहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *