सहुलियत कर्जा पाउने आशमा वैदेशिक रोजगारबाट फर्किएहरु लोभिदै

वैदेशिक रोजगार प्रवर्द्धन वोर्डमा आवेदन दिनेको भीड
news-details

सरकारले वैदेशिक रोजगारमा गई स्वदेश फर्किएकाहरुलाई व्यापार व्यवसाय गर्नका लागि सहुलियत ऋण उपलब्ध गराउने जनाएपछि अहिले त्यसका लागि आवेदन दिनेहरु बढ्न थालेका छन् ।

वैदेशिक रोजगार प्रवर्द्धन वोर्ड नयाँ वानेश्वरमा आवेदन दिने युवाहरुको विहानैदेखि भीड लाग्ने गरेको छ । विदेश गएर फर्किएका युवायुवति आफुले विदेशमा सिकेको सीप र स्वदेशमा गर्ने व्यवसायको प्रस्तावसहित वोर्डमा आवेदन दिन पुगेका हुन् ।

संखुवासभाका खेम कार्की ७ बर्ष कतार बसेर ड्राइभिङको काम गरेर अव स्वदेशमा नै व्यवसाय गर्ने मनसायमा छन् । सहुलियत कर्जाका लागि आवेदन दिनका लागि लाइनमा बसेका कार्कीले भने–‘ यहाँबाट ऋण पाइन्छ वा पाइदैन तर आवेदन चै दिनुप¥यो ।’

‘अव विदेश पुग्यो, स्वदेशमा काम गर्न लागेको छु, सहुलियत ऋण पाइयो भने अझ केही गर्न सकिन्छ’ उनको भनाई थियो ।

वैदेशिक रोजगार प्रवर्द्धन वोर्ड नयाँ वानेश्वरमा आवेदन दिने युवाहरुको विहानैदेखि भीड लाग्ने गरेको छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई सहुलियत ऋण लिनका लागि आवेदन दिन पुष मसान्तसम्म आव्हान गरेको छ । सरकारले ल्याएको सहुलियत कर्जा सम्बन्धी कार्यविधी अनुसार बोर्डले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई आफ्नो ज्ञान र सीप अनुसारको काम चाहेमा ऋण लिन आव्हान गरेको हो ।

वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ भन्छन्–‘यो सरकार वा वोर्डले कर्जा दिने होइन, नेपालका ‘क’ बर्गका बैंकले कर्जा दिने भएकाले हामीले आवेदन संकलन गर्ने काम मात्र गरेका हौं, आवेदन पूर्णरुपमा निःशुल्क हो ।’

वैदेशिक रोजगारीबाट फर्किएका कामदारले आफ्नो सीप अनुसार नेपालमै काम गर्न चाहेमा सरकारले १० लाख रुपैयाँसम्म सहुलियत कर्जा उपलब्ध गराउने जनाएको छ । नेपाल राष्ट्र बैंकले ‘सहुलियत कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधी २०७५’ गरेसँगै बोर्डले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलित कर्जा लिनका लागि आवेदन मागेको हो ।

वैदेशिक रोजगारीबाट फर्किएका कामदारले आफु रोजगारीबाट फर्किएको प्रमाण र आफुले गर्न चाहने कामको व्यवसायीक प्रपोजलको आधारमा १० लाख रुपैयाँसम्म लिन सक्नेछन् ।

तर, वैंकले कहिले पैसा दिने हुन्, कति लामो प्रकृया लाग्ने हो अझै अन्योलता नै छ । पहिला पनि युवा स्वरोजगार कोषबाट आवेदन मागेको भएपनि पैसा दिन नसक्दा धेरैले दुःख पाएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *