आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

news-details

‘आत्मसम्मानसहितको आप्रवासन’ भन्ने नारासहित आज १८ डिसेम्बर अन्तर्राष्ट्रिय आप्रवासन दिवस सचेतनामूलक तथा आप्रवासीको अधिकारका विषयमा विभिन्न कार्यक्रम गरी मनाईदैछ ।

संयृुक्त राष्ट्रसंघको महासभाले सन् २००० डिसेम्बर ४ मा १८ डिसेम्बरलाई विश्व आप्रवासन दिवसको रुपमा मनाउने निर्णय गरेपछि यो दिवस नेपाल लगायत विश्वका विभिन्न मुलुकहरुमा विविध सचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाउन थालिएको हो ।

नेपालमा सरकार, गैरसरकारी संघ संस्था, टे«ड युनियन, निजी क्षेत्र समेतको संयुक्त समन्वयमा यो दिवस मनाइदै आएको छ । यस बर्षको विश्व आप्रवासी कामदार दिवस मनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम सचिबको संयोजकत्वमा दिवस मनाउन मूल समारोह समिति गठन गरेको थियो ।

सुरक्षित वैदेशिक रोजगारीका बिषयमा सवैको चेतना अभिबृद्धि गर्ने उद्देश्यले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि विविध सचेतनामूलक कार्यक्रमहरुको आयोजना गर्दै राष्ट्रियस्तरमा दिवस मनाउने निर्णय भएको मूल समारोह समितिले बताएको छ ।

अहिले विश्वका झण्डै २५ करोड ८० लाख मानिस आप्रवासीका रुपमा रहेका छन् । विश्वव्यापीकरण, औद्योगिकीकरण, सूचना र सञ्चारको विस्तारसंगै अन्तर्राष्ट्रिय स्तरमा आप्रवासीको संख्या बढ्दै गएको छ । राजनीतिक अस्थितरताका कारण नेपालमा पछिल्लो समयमा रोजगारीका लागि विदेशिनेको संख्या बढेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री केपीशर्मा ओलीले अप्रवासन दिवसका अवसरमा शुभकामना दिनुभएको छ । उहाँले दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट मात्र देशले आर्थिक समृद्धि हासिल गर्ने बताउनुभएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *