पोखिए वैदेशिक रोजगारीका पीडा

सन्दर्भ : अन्तर्राष्ट्रिय आप्रवासन दिवस
news-details

वैदेशिक रोजगारीले सुख मात्र नभएर धेरैलाई दुःख र पीडा भोग्न पनि बाध्य बनाएको छ । वैदेशिक रोजगारीमा गएर फर्किएका केहि महिलाले अन्तर्राष्ट्रिय आप्रवासन दिवसको संघारमा आफ्नो पीडा पोखेका छन ।

‘नेपालमा रहँदा श्रीमानले दिनरात रक्सी खाएर घरमा दुख दिने र घर खर्च पनि नदिने गरेका कारण दैनिकी चलाउनलाई नै म विदेशिन बाध्य भएकी थिए । घर नजिकैको एकजना एजेण्टमार्फत भारत, श्रीलंका हुँदै एक महिनामा कुवेत पुगे । मलाई कुवेत भनेर लगिएको थियो तर ओमानमा पु¥याइयो’ अन्र्तराष्ट्रिय आप्रवासान दिवसको पूर्वसन्ध्यामा आइतबार पौरखी नेपालद्वारा राजधानीमा आयोजित ‘कामदारको सुनुवाई कार्यक्रम’मा आफ्ना पीडा पोख्दै धनकुमारी डाँगीले भनिन –‘दिनको १७–१८ घण्टासम्म काम गर्नुपथ्र्यो । एकदिन साहुनीको भाईले मलाई जबरजस्ती गरे, दुःख पोख्ने ठाउँ पनि कतै भएन, पछि बच्चा पनि भयो, बच्चासहित ओमानको जेलमा बसेर बल्लतल्ल नेपाल फर्किए ।’

कार्यक्रममा आफ्ना अनुभव सुनाउने अधिकांश महिला कामदारहरुले रोजगारदाताबाट समयमा पारिश्रामिक नपाएको, चौबिसै घण्टा काममा जोतिनुपर्ने, शारिरीक तथा मानसीक यातना दिने, यौन शोषण गर्नेलगायतका पीडा पोखेका थिए । यसरी पीडा पोख्नेहरु प्रायः एजेण्टको माध्यमबाट गैरकानुनी बाटो हुदै वैदेशिक रोजगारीमा गएका महिलाहरु थिए ।

त्यसो त कार्यक्रममा दुःख पोख्ने मात्र नभई वैदेशिक रोजगारीमा गएर प्रगति गर्ने नेपालीहरुले पनि आफ्नो अनुभव सुनाएका थिए ।
लैंगिक विभेदका आधारमा महिलालाई वैदेशिक रोजगारमा समस्या थपिएको पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङले भनिन–‘महिलाहरुका पीडा सुनेर सरकारले उनीहरुको पक्षमा केहि निर्णय गरोस् ।’

१८ डिसेम्बरमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइदै

‘आत्मसम्मानसहितको आप्रवासन’ भन्ने नारासहित डिसेम्बर १८ मा विविध कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय आप्रवासन दिवस–२०१८ मनाइने भएको छ ।

संयृुक्त राष्ट्रसंघको महासभाले सन् २००० डिसेम्बर ४ मा १८ डिसेम्बरलाई विश्व आप्रवासन दिवसको रुपमा मनाउने निर्णय गरेपछि यो दिवस नेपाल लगायत विश्वका विभिन्न मुलुकहरुमा विविध सचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाउन थालिएको हो । नेपालमा सरकार, गैरसरकारी संघ संस्था, टे«ड युनियन, निजी क्षेत्र समेतको संयुक्त समन्वयमा यो दिवस मनाइदै आएको छ । यस बर्षको विश्व आप्रवासी कामदार दिवस मनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम सचिबको संयोजकत्वमा दिवस मनाउन मूल समारोह समिति गठन गरेको छ ।

सुरक्षित वैदेशिक रोजगारीका बिषयमा सवैको चेतना अभिबृद्धि गर्ने उद्देश्यले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि विविध सचेतनामूलक कार्यक्रमहरुको आयोजना गर्दै राष्ट्रियस्तरमा दिवस मनाउने निर्णय भएको मूल समारोह समितिले बताएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *