३६ लाख ब्लडमनी तिरेर फर्किए साउदीमा जेल परेका लिम्बू

news-details

साउदीमा ८ महिनादेखि जेल परेका एक नेपाली ुब्लडमनीु तिरेर स्वदेश फर्किएका छन्। झापाको बुद्धशान्ति गाउँपालिका ४ का प्रशान्त लिम्बू बिहिबार राति नेपाल फर्किएका हुन्।

२०७३ साल साउन २६ गते रोजगारीका लागि साउदी गएका प्रशान्तले चलाएको गाडी २५ अप्रिल २०१७ मा दुर्घटनामा पर्दा दुर्घटनास्थलमै साउदीका एक नागरिकको ज्यान गएपछि त्यहाँको अदालतले उनलाई दोषी भन्दै ब्लडमनीको सजाय सुनाएको थियो।

अदालतले एक लाख २० हजार रियाल अर्थात् ३६ लाख १ हजार ६ सय रुपैयाँ ब्लडमनी तिर्नुपर्ने फैसला सुनाएको थियो। विभिन्न संघसस्थाको सहयोगमा ब्लडमनी तिरेर उनी स्वदेश फकिएका हुन्।

करम अल खालिज फर ब्लक एन्ड प्रिकास्टिङ कम्पनीमा मालबहाक गाडी चलाउने प्रशान्तसँग साउदीको सवारी चालक लाइसेन्स नभएपछि उनलाई ब्लडमनीको सजाय सुनाइएको थियो। पछाडिबाट आएको कार उनको गाडीमा ठोक्किए पनि लाइसेन्स नभएका कारण अदालतले उनलाई नै दोषी ठहर गरेको थियो।

लाइसेन्सबिनै गाडी चलाएको भन्दै अदालतले ७५ प्रतिशत दोष लिम्बूकै रहेको जनाएको थियो। साउदीको जेलमा ८ माहिना बसेपछि १३ फेब्रुअरी २०१८ मा अदालतले जेलमुक्त गर्न आदेश दिएको थियो। तर ब्लडमनी तिर्न नसक्दा प्रशान्त नेपाल फर्किन पाएका थिएनन्।

उनलाई नेपाल फर्काउन विभिन्न देशका नेपाली तथा संघसंस्थाले आर्थिक संकलन गरेका थिए। प्रशान्तलाई नेपाल फर्काउन ब्लडमनी तिर्न प्रवासी नेपाली समन्वय समिति ९पिएनसिसी०ले १५ लाख ४४ हजार २ सय ६० रुपैयाँ संकलन गरेको थियो।

यसैगरी, प्रशान्त लिम्बू बचाउ अभियान मूल समितिले १५ लाख, प्रशान्त लिम्बु देश फर्काउ अभियान झापाले ५ लाख ४ हजार, किराँत याक्थुम चुम्लुङ्ग केन्द्रीय कार्यालय ललितपुरले ८० हजार र प्रशान्त लिम्बु देश फर्काउ अभियान ताप्लेजुङले ५६ हजार ९ सय ४० रुपैयाँ सहयोग गरेका थिए।

प्रशान्तको ब्लडमनी तिर्नु पर्ने रकम भदौ २५ गते परराष्ट्र मन्त्रालयलाई हस्तान्तरण गरिएको थियो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *