‘कर्मचारी समायोजन अध्यादेश’ मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । सोमबार बेलुका सिंहदरबारमा बसेको बैठकले विधेयक स्वीकृत गरेको हो ।

उक्त स्वीकृत विधेयकले राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कानुनको रुप लिनेछ । विधेयक स्विकृत भएसँगै देशभर देखिएको कर्मचारी अभावलाई हटाउन सरकारलाई थप बाटो मिल्नेछ ।

विधेयकको मस्यौदालाई अन्तिम रुप दिन भन्दै सोमबार मात्रै विभिन्न ट्रेड युनियनका प्रतिनिधि तथा अन्य सरोकारवाला पक्षहरूसँग सरकारले छलफल गरेको थियो ।