मलेसिया रोजगारी खुलाउन संघले सरकारलाई दियो ७ दिने अल्टिमेटम

news-details

नेपाल र मलेसिया सरकारबीच श्रम समझदारी भएको एक महिना वित्दा समेत मलेसिया रोजगारी नखुलेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अबको ७ दिनभित्र रोजगारी खुलाउन सरकारलाई अल्टिमेटम दिएको छ ।

कलिङ भिसा प्राप्त भएका कामदारलाई मंसिर १९ गतेभित्र श्रम स्वीकृतिका लागि खुल्ला नगरे सम्पूर्ण व्यवसायीहरु भिसा स्टयाम्पिङ प्रक्रिया र पूर्व तथा अन्तिम श्रम स्वीकृति विभागमा पेश गर्न बाध्य हुने संघले जानकारी दिएको छ ।

नेपाल र मलेसिया सरकारबीच श्रम समझदारी पछि गठन भएको सयुक्त कार्यदलको पहिलो वैठकलेसमेत कलिङ भिसा प्राप्त नेपाली कामदारलाई मलेसिया काम गर्न जाने श्रम स्वीकृति दिन लिखित सहमतिमा हस्ताक्षर हुदा समेत सरकारले मलेसिया रोजगारी नखुलाउदा हजारौ कामदार मलेसिया जानबाट बञ्चित भएको र वैदेशिक रोजगार व्यवसायीमा समेत अन्यौलता र निराशा छाएको संघद्धारा मंगलबार जारी विज्ञप्तीमा उल्लेख छ ।

यस्तै मलेसिया सरकारले पनि सहमति भए अनुसार पुरानै प्रक्रिया अनुसार कामदार पठाउनका लागि परराष्ट्र मन्त्रालयलाई र सम्वन्धित संस्थाहरुलाई पत्राचार गरिसकेको छ । यता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय भने यसलाई आलटाल गर्दै बसिरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *