पहिलो सामाजिक सुरक्षा दिवस प्रधानमन्त्रीले भोलि शुभारम्भ गर्दै

news-details

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको शुरु गर्दै पहिलो सामाजिक सुरक्षा दिवस मंगलबार (भोलि) प्रधानमन्त्री के पी शर्मा ओलीले विधिवत रुपमा शुभारम्भ गर्दैछन् ।

काठमाडौंको प्रज्ञा भवनमा हजारौ श्रमिक, रोजगारदाता, सरकारी तथा गैरसरकारी पदाधिकारीका बीच सामाजिक सुरक्षा योजना सार्वजनिक गरिनेछ । मंसीर ११ लाई एतिहाँसिक दिनका रुपमा मनाउन सरकारले सबैलाई आह्वान गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक प्रेस विज्ञप्ती निकाल्दै भनेको छ –‘यो योजनालाइ उत्साहको, उत्सव मनाउँदै देशले सामाजिक सुरक्षा दिवसलाइ भव्ताका साथ मनाउन हार्दिक अनुरोध गर्दछौ ।’

मन्त्रालयले योजना शुभारम्भ सँगै सामाजिक सुरक्षा दीवसलाई उत्सवका रुपमा मनाउन सबै सरकारी र गैरसरकारी संघसंस्थालाई समेत अनुरोध गरेको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना नेपालभर लागू गर्दै पहिलो चरणमा प्रतिष्ठान स्तरका श्रमिकहरुका लागि सामाजिक सुरक्षा कोषबाट सुविधा उपलब्ध गराउने जनाइएको छ । कोष अन्तर्गत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, त्यसैगरी दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना अन्तर्गत सामाजिक सुरक्षा सुविधा प्राप्त गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

यी सबै सुविधा पाउनका लागि श्रमिकले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुनु पर्ने छ । सामाजिक सुरक्षा योजनामा योगदानको लागि रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत बराबरको रकम कोषमा जम्मा गर्नुपर्ने हुन्छ । यसरी रकम जम्मा गर्नुभन्दा पहिला रोजगारदाता र श्रमिकले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचिकृत हुनु पर्ने छ ।

कोषबाट सञ्चालन हुने योजना नेपालमा विद्यमान सामाजिक सुरक्षा योजनाभन्दा पृथक हुनुका साथै नेपालमा पहिलो पटक सञ्चालनमा आउँदै छ । यो योजना लागू भए पश्चात् कर्मचारी तथा श्रमिकहरुको सामाजिक सुरक्षा सुनिश्चत हुने र रोजगारदाताको दायित्व व्यवस्थापन पनि सहज हुने हुँदा नेपालमा असल श्रम सम्बन्ध कायम हुने हुँदा लगानीमैत्री वातावरण र रोजगारको अवसर सिर्जना भई नेपालको अर्थतन्त्र पनि गतिशिल हुने अपेक्षा सरकारको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *