सरकारले मंसिर ११ गते सामाजिक सुरक्षा दिवस मनाउँदै

पाचँ वर्षभित्र नेपालकै ठुलो कोष बन्छ : सचिव दाहाल
news-details

सरकारले मंसिर ११ गते सामाजिक सुरक्षा कोष दिवस मनाउने घोषणा गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले  शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव महेश दाहालले उक्त जानकारी दिएका हुन ।

पाचँ वर्षभित्र सामाजिक सुरक्षाकोष नेपालकै सबैभन्दा ठुलो कोष बन्ने दावी गर्दै सचिव दाहालले मंसिर ११ गते मनाइन लागेको सामाजिक सुरक्षा कोष दिवसलाई एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने बताए ।

यो कार्यक्रम सुरु भएसँगै निजी क्षेत्रका श्रमिकले पनि पेन्सन, उपदान तथा विरामी हुँदा उपचार सुविधा प्राप्त गर्ने बताउँदै सचिव दाहालले कोषको स्किम सञ्चालनका लागि मन्त्रालयले कार्यविधि तयार पारिसकेको जानकारी दिए ।

सामाजिक सुरक्षा कोषमा नीजि क्षेत्रका सम्पूर्ण रोजगारदाताहरु अनिवार्यरुपमा सूचिकृत हुनुपर्ने मन्त्रालयले जनाएको छ । यो कार्यक्रममा सहभागी हुन सरकारले काठमाडौं उपत्यका भित्रका रोजगारदाता र सबै श्रमिक आपूर्तिकर्ताका लागि मंसिर ६ गते नै सूचिकरण सुरु गरिसकेको छ ।

यस्तै काठमाडौं उपत्यका बाहिरका प्रदेश नं ३ का रोजगारदाताले मंसिर १५ देखि, प्रदेश नं १ का रोजगारदाताले पुष १ देखि, प्रदेश नं २ का रोजगारदाताले पुष १५ देखि, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का रोजगारदाताले माघ १ देखि र कर्णाली प्रदेश तथा सुदुर पश्चिम प्रदेशका रोजगारदाताले माघ १५ देखि सूचिकरण गर्नुपर्ने व्यवस्था मिलाइएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *