वैदेशिक रोजगार विभागको काठमाडौ शाखा कार्यालय ताहाचलमा विचौलिया धन्दा चलाउने ३ जना एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ ।

ताहाचलस्थित कार्यालयमा श्रम स्विकृतिका लागि आउने सेवाग्राहीलाई काम छिटो गरिदिने प्रलोभनका पारेर रकम असुल्ने तीन जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कालिमाटीका सुरेन्द्र पाचकोटी, कालिमाटी बस्ने धादिङ स्थायी घर भएका सुजन लामा र सर्लाही स्थायी घर भई सोल्टीमोड बस्ने निर्मल तामाङ रहेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखेर अनुसन्धान गरिरहेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।