मलेसियाको जेलबाट स्वदेश फर्किदा छाएको खुशी

news-details

विभिन्न कारणले मलेसियामा जेल जीवन यापन गरेका ६ जना नेपाली युवा मंगलवार राती स्वदेश फर्किएका छन् । राती १० बजेको चिसोमा त्रिभुवन विमानस्थलमा हापपेन्ट र टिसर्टमा उत्रिएका उनीहरुलाई स्वदेश फर्कन पाएकोमा जाडो होइन आफ्नो जन्मभूमी टेक्न पाएकोमा गौरवान्वित देखिन्थ्ये । आफ्नो देशमा आइपुगेकोमा उनीहरुलाई भोक र जाडोले पटक्कै छोएको थिएन ।

‘आफ्नो देश आइपुगियो, अव केही चाहिदैन’ फर्किएका इलामका फुर्वा तामाङले भने–‘विदेशको जेलमा कोही पनि पर्नु नपरोस्, निकै कष्ट हुँदोरहेछ ।’

आफ्नो भन्दा पनि कम्पनीको लापरवाहीले मलेसियाको जेलमा कष्टकर जीवन बिताएर फर्किएका उनीहरुलाई जनउद्वार केन्द्र पेनाङ र त्यसका अध्यक्ष केशु थापाले नेपाली दूतावास मलेसियासँगको सहकार्यमा स्वदेश पठाउन सफल भएका हुन् ।

उनीहरुलाई लिनका लागि विमानस्थलमा कोही आफन्त आएका थिएनन् तर साथ दिनका लागि जनउद्धार केन्द्र मलेसियाका उपाध्यक्ष शेरबहादुर श्रेष्ठ तथा समाजसेवी मुकुट रायमाझी विमानस्थलमा पुगेका थिए ।

‘कम्पनीले भिषा नलगाइदिदा हामी एकै पटक जेलमा परेका हौं’ फुर्वासहित फर्किएका अन्य ५ जनाले पनि सोही केशमा जेल जीवन बिताउन बाध्य भएका रहेछन् । प्रहरीले कम्पनीमा नै छापा मारेर पक्राउ गरेको उनीहरुको भनाई छ ।

स्वदेश फिर्ता हुनेहरुमा इलामका फुर्बा तामाङ, पर्साका मिया सायव, पर्साका अजय प्रसाद पटेल, झापाका रमेश कुमार थापा, राजकुमार चौधरी र गौरीशंकर पण्डित रहेका छन ।

जेल जीवन बिताएपछि मलेसिया अध्यागमनले डिटेन्शन क्याम्प (घरफिर्ती केन्द्र)मा राख्ने गर्दछ । पेनाङको जुरु क्याम्पमा लामो समयदेखि अलपत्र परेका ६ जना नेपाली मालिन्दो एयरबाट स्वदेश फिर्ता भएका हुन् ।

जुरु घरफिर्ती केन्द्रबाट जनउद्वार केन्द्र पेनाङ मलेसियाको पहलमा नेपाली राजदूतावास मलेसिया र केही फिर्तीकेन्द्रमा रहेका पीडितहरुकै आफन्तहरुको आर्थिक सहयोगमा स्वदेश फिर्ता गराइएको जनउद्वार केन्द्रका अध्यक्ष केशु थापाले जानकारी दिए ।

जनउद्वार केन्द्र पेनाङ्गका अध्यक्ष थापाका अनुसार अहिलेसम्म ९८ जनाको उद्धार गरिसकिएको र अझै जुरु घरफिर्ती केन्द्रमा धेरै कैदी रहेकोकाले उद्वारको पहल भइरहेको छ ।

धन कमाउने मिठो सपना बोकेर विदेश जाने सबै नेपालीहरुको सपना पुरा हुन सकेको छैन । त्यसैले स्वदेशमा होस् या विदेशमा आफैले सावधानी अपनाउनु जरुरी छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *