वैदेशिक रोजगार विभागको काठमाडौ कार्यालय शनिबार पनि खुल्ला

news-details

वैदेशिक रोजगारमा जाने कामदारहरुलाई श्रमस्वीकत लगायतको सेवा प्रदान गर्दै आएको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले शनिबार पनि सेवा प्रदान गर्ने भएको छ ।

सार्वजनिक विदा भए पनि काठमाडौ कार्यालयले शनिबार बिहान १० बजे देखि अपरान्ह ३ बजेसम्म सेवा प्रदान गर्ने भएको हो ।

वैदेशिक रोजगारीमा सेवाग्राहीको चाप अत्याधिक भएकाले शनिबार पनि कार्यालय खुल्ला गरि काम गर्न थालिएको कार्यालयका निमित्त प्रमुख युवराज खतिवडाले जानकारी दिए ।

अन्य दिन बिहान ८ बजे देखि साँझ साढे ७ बजे सम्म सेवा प्रदान गर्ने गरेको भए पनि सार्वजनिक विदा भएकाले शनिबार बिहान १० देखि ३ बजे सम्म मात्रै सेवा प्रदान गरेको उनले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *