नेपाल र मलेसियाबीच सोमबार श्रम सम्झौता (एमओयू) मा हस्ताक्षर हुदै

news-details

नेपाल र मलेसियाबीच सोमबार श्रम सम्झौता (एमओयू) हुदैछ । सम्झौतापत्रमा हस्ताक्षर गर्नका लागि मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आइतबार राति ११ बजे काठमाडौं आउँने भएका छन् ।

सोमबार होटल ह्रयातमा एक विशेष कार्यक्रमकाबीच सो समझदारीमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेसियाका तर्फबाट मानव संशाधनमन्त्री एम कुलासेगरानले हस्ताक्षर गर्ने भएका छन् ।

गत जेठ पहिलो साता मलेसिया जाने कामदारहरुलाई आर्थिक भार थपेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीमा जादा प्रक्रिया पुरा गर्ने विभिन्न ५ संस्था खारेज गरेपछि मलेसिया रोजगारी बन्द भएको थियो ।

मलेसिया रोजगारी बन्द भएपछि नेपाली र मलेसियाली अधिकारीहरुबीच यो रोजगारी खुलाउने विषयमा पटक पटक छलफल भएपछि गत असोज पहिलो साता श्रम सम्झौताको मस्यौदाको विषयमा सहमति जुटेको थियो ।

सो सम्झौतासँगै गत जेठ पहिलो साताबाट बन्द रहेको मलेसिया रोजगारी सुचारु हुने भएको हो । सोमबार सम्झौतामा हस्ताक्षर भएपछि मलेसियाली मन्त्री कुलासेगरानसँगै आउने प्राविधिक टोलीले नेपालमै बसेर करिब १ हप्ता अध्ययन गर्ने र तत्पश्चात मलेसिया रोजगारी सुचारु हुने बुझिएको छ ।

श्रम सम्झौता भएपछि कामदारको सम्पूर्ण खर्च रोजगारदाताले व्योहोर्नुपर्ने भनिएपनि कामदार आपूर्ति गर्ने प्रक्रिया भने पुरानै व्यवस्था अनुसार हुने देखिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *