वैदेशिक रोजगारीमा जानेलाई मंसिरदेखि प्रदेश तहबाटै श्रमस्वीकृति दिइने

news-details

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई यही मंसिरदेखि प्रदेश तहबाटै श्रम स्वीकृति दिने भएको छ । अहिले यसका लागि काठमाडौको ताहाचलमा रहेको वैदेशिक रोजगार विभागको काठमाडौ शाखा नै धाउनुपर्ने बाध्यता छ ।

वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेश तहबाटै वैदेशिक रोजगारी सम्वन्धी सम्पूर्ण सेवा प्रदान गरिन लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहालले जानकारी दिएका छन् ।

मन्त्रालयले प्रत्येक प्रदेशमा श्रम कार्यालय स्थापना भैसकेको र त्यसै कार्यालय अन्तर्गत वैदेशिक रोजगार इकाई संचालन गरी यी सेवा दिन लागिएको र यसका लागि मन्त्रालयले बजेट विनियोजन गरी तयारी थालिसकेको जानकारी दिएको छ ।

‘श्रम स्वीकृतिसँगै वैदेशिक रोजगार पीडितको उजुरी लिने तथा अनुसन्धान गरि कारवाही गरिने काम समेत अब प्रदेश तहमै रहेको कार्यालयबाट हुनेछ’ सचिव दाहालले भने–‘मंशिरबाट वैदेशिक रोजगारीमा जाने नेपालीहरुले आफ्नै प्रदेशबाट सम्पूर्ण सेवा पाउनेछन ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *