मलेसिया रोजगारी सुचारु हुदै, कात्तिक १२ गते ‘एमओयू’मा हस्ताक्षर हुने

news-details

गत जेठ पहिलो साताबाट बन्द रहेको मलेसिया रोजगारी अन्ततः सुचारु हुने भएको छ । नेपाल र मलेसियाबीच यही कात्तिक १२ गते श्रमसम्वन्धी सम्झौता (एमओयू)मा हस्ताक्षर भएसँगै मलेसिया रोजगारीमा जाने बाटो खुल्ला हुने भएको हो ।

सम्झौतामा हस्ताक्षर गर्नका लागि मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन कात्तिक ११ गते काठमाडौ आइपुग्ने र कात्तिक १२ गते मन्त्री कुलेसागरन र नेपालकातर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको आइतबार एनआरएएनएका पदाधिकारीहरुसग भएको छलफलमा मन्त्रालयका सचिव महेश दाहालले जानकारी दिए ।

यसअघि दुई देशका अधिकारीहरुबीच कामदारको सम्पूर्ण खर्च रोजगारदाताले नै बेर्होने गरी नेपाली कामदार निःशुल्क लैजाने विषयमा सहमति जुटाएर सम्झौताको मस्यौदालाई अन्तिम रुप दिइएको थियो ।

तर, मेडिकल र इमिग्रेसन सेक्युरिटी क्लियरेन्समा फेल भएका कामदार मलेसिया जान नपाउँने र उनीहरुले प्रक्रियामा लागेको खर्च आफैंले व्यहोर्नुपर्ने जनाइएको छ ।

हस्ताक्षर हुन लागेको सम्झौतापत्रमा कामदार पठाउदा मेनपावर कम्पनीले शुल्कवापत आधा महिनाको तलब बराबर लिन पाउने र यो रकम रोजगारदाताले नै बेर्होने समेटिएको छ ।

कामदार आपूर्ति गर्दा रोजगारदाताले नै खर्च व्योहोर्ने भनिएपनि प्रक्रियाको विषयमा भने दुबै पक्षबीच नयाँ समझदारी नभएका कारण भिसा प्रोसेसिङ गर्दै आएको भिएलएन र ओएससी, सेक्युरिटी क्ल्यिरेन्स गर्ने आइएससीकै निरन्तरता हुने भएको छ । यसअघि यी प्रक्रियाको शुल्क कामदारले व्योहोर्दै आएकोमा नयाँ सम्झौतापछि भने यो शुल्क रोजगारदाताले ब्योहोर्नुपर्ने सम्झौतामा उल्लेख भएको जनाइएको छ ।

यस्तै, यस अघि २९ वटा स्वास्थ्य संस्थाले मात्र बायोमेट्रिक मेडिकल गर्दै आएकोमा अब भने मापदण्ड र प्रक्रिया पु¥याउने सबै मेडिकल सेन्टरले मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गर्न पाउने जनाइएको छ ।

गत जेठ पहिलो साता मलेसिया जाने कामदारहरुलाई आर्थिक भार थपेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले भिएलएन, ओएससी, आइएससी, जिएसजि तथा बायोमेट्रिक मेडिकल संस्था खारेज गरेपछि मलेसिया रोजगारी बन्द भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *