मेनपावर व्यवसायीको मागमा नेपाली काँग्रेसको साथ छ : देउवा

news-details

नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मेनपावर व्यवसायीहरुको मागप्रति काँग्रेसको साथ र समर्थन रहेको बताएका छन् । उनले मेनपावर व्यवसायलाई धराप पार्ने सरकार विरुद्ध आन्दोलन भए काँग्रेसले काँध थाप्ने आश्वाशन दिएका छन् ।

नेपाली काँग्रेस समर्थित व्यवसायीहरुको संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार फोरमको नयाँ नेतृत्वलाई आफ्नै निवासमा बोलाएर सभापति देउवाले सरकारले जताततै आतंक मच्चाएको र व्यवसायीलाई धरासायी बनाइरहेको भन्दै अव चुप लागेर बस्न नहुने बताए ।
उनले फोरमका नवनिर्वाचित पदाधिकारीलाई कार्यकालको शुभकामना दिदै खादा लगाइदिएर बधाई दिए ।

फोरमका अध्यक्ष हंशराज वाग्लेको नेतृत्वमा भएको व्यवसायीहरुले देउवालाई आफ्ना पीडा तथा मागहरु सुनाए । अध्यक्ष वाग्लेले भने–‘व्यवसाय सिध्याउन केही हाम्रै व्यवसायी र श्रममन्त्री लागेका छन्, अव हामी आन्दोलन गर्छौ, तपाईको र पाटीको साथ चाहिन्छ ।’


श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले मेनपावरको धरौटी बढाउने, ठूलो रोजगार गन्तब्य विना आधार बन्द गर्ने, व्यवसायी विरोधी नियमकानून ल्याउने, केही डलरवालाको एकतर्फी आवाज सुन्ने कार्यमा उद्यत भएको फोरमको आरोप छ ।

यता फोरमले आफ्नै छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यशैली प्रति विरोध नजाएपछि संघले पनि सरकारप्रति १६ बूँदे माग राख्दै अनिश्चितकालिन आन्दोलनको चेतावनी दिएको छ । यता फोरमले संघले आन्दोलन नगरे आफैले गर्ने बताउँदै आएको थियो ।

फोरमले काँग्रेसका बरिष्ठ नेता रामन्द्र पौडेललाई समेत भेटेको छ । ‘हाम्रो सिंगो पार्टी तपाईहरुको साथमा हुनेछ र कामदार र ब्यवसायीको हितमा काम गर्नुहोस अनाबश्यक निति नियम लागु हुन नदिन हामी हाम्रा पार्टीका सभासदहरुलाई निर्देशन गनेछौँ’ काँग्रेसका बरिष्ठ नेता पौडेलले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *