म्यानपावरको धरौटी बढाउने विद्येयक संसदमा लैजान मन्त्रीपरिषदको स्वीकृति

news-details

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको धरौटी बढाउने गरी तयार गरेको वैदेशिक रोजगार ऐन २०६४ को संशोधन प्रस्तावसहितको विद्येयक मन्त्रीपरिषदको वैठकले संसदमा छलफलका लागि पेश गर्न स्वीकृत गरेको छ ।

मन्त्रीपरिषदको शुक्रबार बसेको बैठकले उक्त विद्येयक संसदमा पेश गर्न स्वीकृत गरेको हो । संसदमा छलफलपछि उक्त विद्येयक पारित भए म्यानपावरको धरौटी बृद्धि हुनेछ ।

श्रम मन्त्रालय स्रोतका अनुसार संसदमा छलफलका लागि पेश गरिन लागिएको विद्येयकमा वर्षमा ५ हजारभन्दा बढी कामदार विदेश पठाउने म्यानपावरको धरौटी नगद २ करोड र बैंक ग्यारेन्टी ४ करोड गरी ५ करोड पुर्‍याउने र ५ हजार भन्दा कम कामदार पठाउनेको भने नगद १ करोड नगद र बैंक ग्यारेन्टी २ करोड गरी ३ करोड प्रस्ताव गरिएको छ ।

यस अघि म्यानपावरको धरौटी ७ लाख नगद र २३ लाख बैंक ग्यारेन्टी थियो । म्यानपावरको संख्या बढी भएको र यस क्षेत्रलाई व्यवस्थित गर्न भन्दै श्रम मन्त्रालयले त्ररौटी बृद्धि गरिन लागिएको जनाउदै आएको थियो ।

वैदेशिक रोजगार व्यवसायीहरुले भने धरौटी बृद्धिको प्रस्तावप्रति विरोध जनाउदै आएका छन ।

त्यस्तै मन्त्रीपरिषद बैंककले कामदारका ब्यक्तिगत उजुरी जिल्ला प्रशासन कार्यालयले हेर्ने र म्यानपावरको एजेन्ट खारेज गर्ने निर्णय गरेको छ । म्यानपावरको शाखा कार्यालय खोल्न बैंठकले बाटो दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *