फोरमले धरौटी बढाउन उकास्ने व्यवसायीकै पर्दाफास गर्ने

news-details

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार फोरमले मेनपावर व्यवसाय संचालानार्थ सरकारलाई धरौटी बढाउन उक्साहट गर्ने विरुद्ध पर्दाफास गर्ने जनाएको छ । फोरमका नवनिर्वाचित अध्यक्ष हंशराज वाग्लेले धरौटी बढाउन लविङ गर्दै हिड्ने केही ठूला भनाउँदा मेनपावर व्यवसायीहरुका कारण नै यो व्यवसाय धरासायी बनाउने खेल भएकाले उनीहरुको कर्तुत खोज्न थालिएको बताएका छन् ।

अध्यक्ष वाग्लेले बिहीबार संचारकर्मीसँग आयोजित अन्र्तक्रिया कार्यक्रममा भने–यो व्यवसायलाई सिध्याउन हाम्रा व्यवसायी नै लागेका छन् उनीहरुको दिनगन्ति शुरु भइसकेको छ, हामी व्यवसायी माझ ल्याएर पर्दाफास गर्दैछौं ।’

सरकारले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्ने क्रममा मेनपावर व्यवसायको धरौटी बढाउने चर्चा चलिरहँदा व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नै २ करोड उचित हुने आधिकारिक पत्र सरकारलाई बुझाइसकेको छ ।

यता फोरमले धरौटी कुनै हालतमा बढाउन नहुने र धरौटी बढाउनुको औचित्य नै नरहेको बताएको छ । अध्यक्ष वाग्ले भन्छन्–‘ धरौटी बढाउन दिदैनौ र संघको २ करोड बनाउन सकिने भनाई तत्काल फिर्ता लिन आग्रह गर्दछौ ।’

सरकारले वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने नाममा निर्णय गरिरहँदा व्यवसाय नै सिध्याउने खेल भएको आशंका रहेको औल्याउँदै अध्यक्ष वाग्लेले सरकारको सकारात्मक कदमको फोरमले सदैव साथ दिने पनि बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *